ट्रम्प प्रशासनद्वारा भेनेजुएला नागरिकलाई फेरि पठाईयो ग्वान्टानामो खाडी

इनेप्लिज २०८१ चैत ८ गते २१:४६ मा प्रकाशित

ट्रम्प प्रशासनले गत बिहीबार अर्को समूहको आप्रवासीलाई ग्वान्टानामो बे(खाडी) पठाएको छ । जसमा धेरैजसो भेनेजुएला गिरोह ट्रेन दे अरागुवा का सदस्य रहेको आरोप लगाइएको एक अधिकारीले एबिसी न्यूजलाई जानकारी दिए।

यो उडानले २१ जनालाई सैन्य अड्डामा पठाएको छ भने उनीहरू देश निकाला प्रक्रियाको पर्खाइमा रहेको उक्त अधिकारीले जनाए। अधिकारीका अनुसार, प्रतिदिन निष्काशन उडानहरू जारी राखिएको छ।

एबिसीन्यूजका अनुसार प्रशासनले ती व्यक्तिहरू गिरोहसँग जोडिएको भन्ने बारे कुनै प्रमाण प्रदान गरेको छैन। ग्वान्टानामो खाडीमा भर्खरै राखिएका आप्रवासीहरूले ती सुविधाहरूलाई साँघुरो र जीर्ण-क्षतिग्रस्त भएको बताएका छन् ।

उनीहरूले त्यहाँ दुई हप्ता बस्दा दुई पटक मात्र बाहिर जान पाएका थिए र उनीहरूको वकिलसँगको सम्पर्कमा अवरोध गरिएको बताएका छन्।

प्रतिक्रिया