एनआरएन र एनआरएलसंगै मिसाउनु नै संस्था पतनको कारण

नबिन बिक २०८१ चैत ८ गते २३:०२ मा प्रकाशित

नेपालको सबै भन्दा ठुलो र धनी नेपाली सरकारले आधिकारीक रुपमा स्विकारेको र करोडौको बजेट र सम्पत्ति भएको एक मात्र नेपाली कथित गैर राजनैतिक संस्था एनआरएनएन अहिले घर न घाटको भएको छ। मैले मेरो जवानीको उर्भर २० बर्ष समर्पित गरेको संस्था हो। एनआरएनए चीनबाट सदस्य देखी बिस्तारै फट्को मार्दै Asia pacific Region को Deputy Regional coordinator सम्म भए र बद्री केसी र आरके शर्माको चुनाबमा सचिब पदमा उठने जमर्को गर्दै गर्दा त्यहा उत्पन्न कलहले गर्दा मैले उम्मेदवारी दिईन् ।

यसरी समयमै माहोल बुझेर झमेला बाट बचेकोमा आफुले आफैलाई गर्ब गर्दछु तर एनआरएनए यसरी आईसियुIमा पुर्याईएकोमा अत्यन्तै मर्माहित र दुखि छु।

अहिले संसार भरीका नेपालीहरु जो १८३ दिन भन्दा बढी बिदेश बस्छन तिनीहरुलाई एनआरएन मान्ने सहमती भएको छ। तर खाडीको ५० डिग्री घाममा पसिना बगाउने श्रमीकहरु र अमेरीका र युरोपमा चिसो एसि कारमा हुईकिने नेपालीलाई एउटै बर्गमा राखेर हक हितका कुरा उठाएर संस्था खडा गरिनु नै मुर्खता थियो। खाडी ( मध्यपुर्ब ) लगाएत, मलेशिया ,जापान,कोरीया, मकाउ वा चीन जहाँ भए गए पनि उनीहरु छोटो वा मध्यम अबधिको लागी श्रम वा ब्यापार गर्न गएका हुन्छन तर उनीहरु कहिल्यै ति देशका नागरिक वा पिआर होल्डर हुदैनन, उनीहरुको परिवार सबै नैपालमै हुन्छन र निश्चित समय पछि उनीहरु नेपालनै फर्किन्छन।

जब सम्म श्रमिकको भोट बेचिईरहन्छ तबसम्म श्रमिकहरुको हक र हितको कहिल्यै सम्बोधन हुदैन, बेचिएकाहरु दास हुन्छन र दासको कुनै अस्तित्व हुदैन।

अर्काथरी युरोप र अमेरीका वा हङ्कङ जस्ता देशमा बसोबास गर्छन, उतैको पासपोर्ट र ग्रीनकार्ड लिएका हुन्छन र उनीहरु बेला बेलामा (२-४ बर्षमा) एकचोटी भ्याकेसनमा जानु बाहेक नेपाल फर्किने कुनै मनशाय र भाबी योजना हुदैन।उनीहरुको परिवार पनि संगै हुन्छन। त्यस्ता नेपालीहरुको र श्रमिक हरुको माग , हक र हितका कुराहरु कसरी एकै हुन सक्छन?

उनीहरुलाई मैले एनआरएन ( non residents Nepalese ) र एनआरएल ( non residents Labors) भनेर बर्गिकरण गरेको छु। एनआरएनहरुको मुख्य माग भनेको दोहोरो नागरीता र भोटिङ राईट हो र एनआरएलहरुको महत्वपुर्ण माघहरु धेरै भए पनि सुकिला मुकिलाहरुको मागको अगाडी ओझेलमा परेको छ। सुकीला मुकिला एनआरएनहरु र तीनका नानीहरुको जन्मदिनमा लाखौ रुपिया खर्च गरेर महंगो रेष्टुरेन्टमा मनाई रहदा, यता खाडीका NRL हरु पार्टिसनको कोठामा बसेर खबुस ( पाकिस्तानी रोटी) र चिसो सब्जी खाएर , २-३ महिनामा त्यो जन्मदिनमा खर्च गरेको जति पैसा बचाएर घरमा पठाउछ।

अब समय आएको छ कोदो र तोरीको छुट्टा छुट्टै बोरा बनाउने।यसो गर्दा तोरी र कोदोले आफ्नो भाउ र सम्मान पाउछन।तोरी र कोदो देख्दा उस्तै भए पनि संगै राखेर पेल्दा न पिठो न तेल

सुकिला र मुकिला एनआरएनहरुलाई केवल दुईटा कुरा चाईएको छ, एउटा कुरा नागरिकता र अर्को कुरा सामाजिक ईज्जत र पहिचान।उनीहरुलाई बेला बेलामा पाँचतारे होटलमा सम्मेलन गर्नु छ, मन्त्रीहरु बोलाएर खाता ओड्नु छ र उनीहरु संग ब्यक्तिगत सम्बन्ध स्थापित गरेर लाभ लिनु छ ,सामाजिक संजालमा तारे होटल र मन्त्रीहरु संग खिचेका फोटो हालेर आफ्नो हैसियत अरुलाई देखाउने भन्दा अरु केही छैन । तर एनआरएलहरुको धेरै माग छन तर दुर्भाग्यबस सबै ओझेलमा परेका छन । उनीहरुको लास लैजान पनि अझै चन्दा उठाउन परेको छ, कम्पनीले निकाली दिए र तलब नदिए बोलीदिने कोही छैनन। सडकको बास हुन्छ। उनीहरुको समस्याहरुलाई बुँदागत रुपमा राखेको छु।

१. श्रम शोषण र न्यून तलब:

धेरै श्रमिकहरू न्यून तलब र लामो समयसम्म काम गर्न बाध्य छन्।
सम्झौतामा भएको तलबभन्दा कम तलब दिइने समस्या पनि धेरै छ।

२. कामको असुरक्षित वातावरण:

काम गर्ने ठाउँमा सुरक्षाको न्यूनतम मापदण्ड नहुँदा धेरै श्रमिक दुर्घटनामा परेका छन्।
गर्मी, भारी काम, र थकाइका कारण स्वास्थ्यमा गम्भीर असर पर्ने गर्छ।

३. बिचौलियाको ठगी:

नेपालमा बिचौलियाहरूले अत्यधिक रकम लिने र झूटा आश्वासन दिने समस्या।
धेरै श्रमिकहरू ऋण लिएर विदेश जाने गर्छन् जसले आर्थिक भार बढाउँछ।

४. पासपोर्ट र कागजात रोक्का राख्ने:

कतिपय कम्पनीहरूले श्रमिकको पासपोर्ट रोक्का राख्ने गर्छन् जसले गर्दा श्रमिकहरू स्वतन्त्र रूपमा देश छोड्न वा नोकरी परिवर्तन गर्न सक्दैनन्।

५. श्रम सम्झौतामा उल्लंघन:

सम्झौतामा उल्लेखित काम, तलब वा सुविधाहरू पूरा नगरी अन्य काममा खटाइने वा सुविधा नदिने समस्या।

६. सामाजिक तथा मानसिक तनाव:

परिवारदेखि टाढा बस्नु, सांस्कृतिक फरक, तथा कामको दबाबका कारण धेरै श्रमिक डिप्रेशन, एक्लोपन जस्ता मानसिक समस्याबाट पीडित हुन्छन्।

७. वैदेशिक दूतावास र सरकारको कमजोर सहायता:

धेरैजसो खाडी मुलुकहरूमा नेपाली दूतावास वा श्रम काउन्सलिङ पर्याप्त प्रभावकारी नहुनु।
श्रमिकहरूले समस्या पर्दा सहायता पाउन गाह्रो हुने।

८. श्रमिक अधिकारको कमी:

कतिपय खाडी देशहरूमा श्रमिकहरूसँग युनियन वा संगठन गठन गर्ने अधिकार नहुनु।
कानुनी प्रक्रिया पनि कामदारको पक्षमा कम हुने।

९. काम नपाई अलपत्र पर्ने समस्या:

कतिपय अवस्थामा काम नपाई कामदारहरू अलपत्र पर्नु, तलब नपाउनु, वा देश फर्कन नसक्ने समस्या।यी सबै समस्याहरूले गर्दा खाडी मुलुकमा रहेका श्रमिकहरू आर्थिक, सामाजिक र मानसिक रूपले ठूलो जोखिममा पर्छन्।

ल अब भन्नुस कसरी NRN र NRL एउटै टोकरीमा राख्न सकिन्छ ? एउटा बर्ग जो लाखौ रुपिया खर्च गरेर आफ्नौ हैसियत देखाउन तल्लिन छ र अर्के बर्ग जो लाखौ रुपिया खर्च गरेर आफ्नो भबिस्य बनाउन, ल भन्नुस कसरी दुबैको एजेन्डा, हक र अधिकार एउटै हुन सक्छ? एउटा तितो कुरा भन्छु, युरोप र अमेरिकाका NRN हरुले जैले पनि श्रमिकहरुलाई हेयको दृष्टिले हेर्ने र आफुलाई सुपेरियर ठान्ने मनोरोगले ग्रसित छन।

र श्रमिक NRL हरु केवल तिनीहरुको भोट बैंक हुन, जब चुनाब आउछ NRL का कथित नेताहरु ( काँग्रेस, एमाले, माओबादीका) नेताहरु म संग यति भोट छ, सचिब , महासचिब, उपाध्यक्ष , अध्यक्ष जित्ने भए यति पैसा भनेर मोलमलाई गर्दै बिभिन्न देशमा पुगेर लबिङ गर्ने गर्छन,कामको आधारमा नभैकन पैसामा किनेको भोटको आधारमा चयन गरिएको नेतृत्वले संस्थालाई कसरी न्याय गर्ला?

एउटा बर्ग जो लाखौ रुपिया खर्च गरेर आफ्नौ हैसियत देखाउन तल्लिन छ र अर्के बर्ग जो लाखौ रुपिया खर्च गरेर आफ्नो भबिस्य बनाउन

तर दुखको कुरा सबै भन्दै बढी भोट किनबेच र श्रमिकहरुकै देशमा ( मध्यपुर्ब र मलेशिया) हुन्छ, यो भोटले चुनाबमा ठुलो प्रत्यक्ष असर पार्ने गरेको छ। जब दशैको खसी बाख्रा जसरी बेच्ने र बेचिने र अर्थोपार्जन गर्ने धन्दा गर्छन। जब सम्म यसरी श्रमिकको भोट बेचिईरहन्छ तबसम्म श्रमिकहरुको हक र हितको कहिल्यै सम्बोधन हुदैन, बेचिएकाहरु दास हुन्छन र दासको कुनै अस्तित्व हुदैन।

अब समय आएको छ कोदो र तोरीको छुट्टा छुट्टै बोरा बनाउने।यसो गर्दा तोरी र कोदोले आफ्नो भाउ र सम्मान पाउछन।तोरी र कोदो देख्दा उस्तै भए पनि संगै राखेर पेल्दा न पिठो न तेल, केही न कामको हुन्छ। यस्तै अवस्था अहिले NRNA को भएको छ।त्यसैले मेरा माथि ब्यक्त गरिएका बिचार नमिठो लागे पनि सत्यता छ, बेलैमा अग्रजहरुले मनन गररे जति सक्दो छुट्टिईन्छ NRN र NRL हरु त्यतिनै शक्तिशाली र प्रभाबकारी हुन्छन।

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया