फ्लोरिडाको नदीमा डुंगा पल्टिँदा १ को मृत्यु, ३ जना अझै बेपत्ता

इनेप्लिज २०८१ चैत ९ गते ९:४५ मा प्रकाशित

फ्लोरिडाको सेन्ट जोन्स नदीमा डुंगा पल्टिँदा १ जनाको मृत्यु भएको छ भने २ बालबालिका र एक वयस्कसहित ३ जना अझै बेपत्ता छन्। डुंगा शुक्रबार राति पल्टिएपछि उद्धार प्रयासहरू तीव्र पारिएका छन्।

अमेरिकी तट रक्षक (कोस्ट गार्ड)ले १७ घण्टाभन्दा बढी समय “हवाई र समुद्री खोजी” गरेर २७० वर्ग माइल क्षेत्र समेटेको भए पनि शनिबार साँझ खोजी स्थगित गरिएको घोषणा गर्‍यो।

“बेपत्ताहरूका परिवार र प्रियजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौं,” तट रक्षकका खोज तथा उद्धार टोलीका समन्वय सेनापति बार्टन नानीले भने।

शुक्रबार राति ८ बजे, ज्याक्सनभिलको सेन्ट जोन्स नदीमा १८ फिट लामो डुंगा पल्टिएको खबर आएपछि ज्याक्सनभिल अग्नि नियन्त्रण विभागले उद्धार कार्य सुरु गर्यो । पुगे लगत्तै चारजनालाई पानीबाट निकाले पनि चारजना बेपत्ता थिए। खोजीको क्रममा तीमध्ये एक जनाको शव फेला परेको छ।

तट रक्षकका अनुसार डुंगामा सवारहरुले कसैले पनि जीवनरक्षक (लाइफज्याकेट) लगाएका थिएन। डुंगा पल्टिएपछि पुनः तानेर बाहिर निकालिएको छ भने दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया