अमेरिकाको क्यालिफोर्निया राज्यको अग्नि नियन्त्रण विभागका सहसेनानीलाई छुरा प्रहार गरि हत्या गर्ने आफ्नै पत्नी तथा अग्नि सुरक्षा विभागकी कर्मचारीलाई मेक्सिकोमा गिरफ्तारी गरिएको छ ।
क्यालिफोर्नियामा आफ्नै पत्नीको घातक छुराबाट हत्या गरेको आशंकामा खोजीमा रहेकी महिलालाई मेक्सिकोको बाहा क्यालिफोर्नियामा एक अतिथि गृह(होटल ) नजिकै पक्राउ गरिएको एबिसीन्यूजले जनाएको छ ।
४९ वर्षीया रेबेका मारोडी जो क्यालिफोर्निया वन तथा अग्नि सुरक्षा विभाग (क्यालिफोर्निया डिपार्टमेन्ट अफ फरेस्ट्री एन्ड फायर प्रोटेक्सन – कल फायर ) की अनि सहसेनानी थिइन् ।
गत फेब्रुअरी १७ मा सान डिएगोको उत्तरपूर्वी क्षेत्र रामोनामा रहेको आफ्नै घरमा छुराबाट घाइते भएकी थिइन्। यो घटनामा उनकी पत्नी योलान्डा ओलेजनिक्जाकलाई संलग्न भएको आरोप लगाइएको छ।
सान डिएगो पुनरावेदन अदालतमा पेश गरिएको कागजातअनुसार मारोडीले सम्बन्धविच्छेदको योजना बनाइरहेको थाहा पाएपछि ओलेजनिक्जाकले उनीमाथि आक्रमण गरेकी थिइन्। यो आक्रमण घरमा जडान गरिएको रिङ नामक सुरक्षा अङ्कीयचित्रक अर्थात् क्यामेरामा कैद भएको थियो।
अङ्कीयचित्रकको श्रब्यदृश्य (क्यामेरा फुटेज)मा मारोडी चिच्याउँदै “योलान्डा! मलाई मर्न मन छैन!” भनिरहेको देखिन्छ। जवाफमा ओलेजनिक्जाकले “त्यसो सोच्नुपर्थ्यो पहिल्यै” भनेको देखिन्छ। अङ्कीयचित्रकले मारोडीको ढाड र ओलेजनिक्जाकको हातमा रगत देखाएको विवरण संलग्न भएको एबिसीन्यूजले जनाएको छ ।
घटनापछि ओलेजनिक्जाकलाई फरक लुगा लगाएर सामानहरू चढाउँदै चाँदी रंगको गाडीमा भाग्दै गरेको देखिएको छ।
यो पहिलो घटना होइन ओलेजनिक्जाकले साथीको हत्या गरेको आरोप खेपिरहेकी छिन्। सन् २००३ मा उनले आफ्नो पूर्व-पतिको हत्या गरेको स्वीकार गर्दै स्वेच्छिक हत्यामा दोषी ठहरिएकी थिइन् र ११ वर्षको कारागार सजाय पाएकी थिइन् । जेलमुक्त भएपछि उनले रेबेका मारोडीसँग सम्बन्ध बनाएकी थिइन्।
घटनापछि ओलेजनिक्जाक मेक्सिकोमा लुकेकी थिइन्। अमेरिकी र मेक्सिकन अधिकारीबीच जानकारी आदानप्रदानपछि बाहा क्यालिफोर्नियामा उनको गिरफ्तारी सफल भएको हो।
प्रतिक्रिया