पेन्टागनले गोप्य जानकारी चुहावटबारे अनुसन्धान सुरू गर्दै, कर्मचारीहरूमाथि पोलीग्राफ(झुट पकड्ने उपकरण) परीक्षण गरिने

इनेप्लिज २०८१ चैत ९ गते १०:५६ मा प्रकाशित

अमेरिकी रक्षा विभाग (पेन्टागन)ले राष्ट्रिय सुरक्षा सम्बन्धी गोप्य जानकारी चुहावटबारे व्यापक अनुसन्धान थाल्ने घोषणा गरेको छ। पोलीग्राफ अर्थात् झुट पकड्ने उपकरण) परीक्षण समेत गरिनेछ। शुक्रबार विभागको संजालस्थल (वेबसाइट)मा प्रकाशित मेमो (ज्ञापन )अनुसार यो अनुसन्धान तुरुन्तै सुरु हुनेछ।

रक्षा विभागका प्रमुख कर्मचारी जो कस्परले (ज्ञापनमा लेखेका छन्, “अनुसन्धानमा झुट पकड्ने उपकरण परीक्षण लागू हुनेछन् र तिनीहरू सम्बन्धित कानुन तथा नीतिसँग मेल खाने गरी प्रयोग गरिनेछन्।” अनुसन्धानपछि नतिजा प्रतिरक्षा सचिवलाई प्रतिवेदनको रूपमा बुझाइनेछ।

कसैले गोप्य जानकारी चुहावट गरेको प्रमाणित भएमा तिनीहरूलाई आपराधिक अभियोजनमा लैजाने चेतावनी पनि ज्ञापनमा दिइएको छ।

पेन्टागनले पोलीग्राफ परीक्षणको निर्णय गरेसँगै अन्य सरकारी निकायहरूले पनि गोप्य जानकारी चुहावटबारे निगरानी कडा पारेका छन्। यसै महिना अमेरिकी सुरक्षा बिभागकी सचिव क्रिस्टि नोएमले आफ्नै विभागमा झुट पकड्ने उपकरण परीक्षण जारी रहने बताइन्। उनले विभागभित्र अझै चुवाहटहरू रहेको दाबी गर्दै तिनीहरूलाई जिम्मेवार बनाउनुपर्ने धारणा व्यक्त गरिन्।

नोएमले भनेकी छिन्, “हामीले विभागमा दुई चुवाहटकर्ता (लिकर )पत्ता लगाएका छौं, जसले हाम्रो कारवाही (अपरेसन)बारे जानकारी चुहाएर प्रहरी अधिकारीहरूको जीवनलाई जोखिममा पारेका छन्। हामी उनीहरूलाई अभियोजन गर्दै न्यायको कठघरामा उभ्याउनेछौं।”

न्याय विभागको छुट्टै अनुसन्धान :

यसैबीच, न्याय विभागले भेनेजुएलाको कुख्यात गिरोह ट्रेन दे अरागुआ सम्बन्धी वर्गीकृत जानकारी चुहावटको अनुसन्धान गर्ने घोषणा गरेको छ।

न्याय उपसचिव टड ब्लाञ्चले भनेका छन्, “राजनीतिक उद्देश्यले ट्रम्प प्रशासनको नीति कमजोर बनाउन गरिएको गलत जानकारी चुहावटलाई हामी सहने छैनौं। अदालतमा हामी प्रमाणित गर्नेछौं कि बिदेशी शत्रु घोषणा (एलियन एनिमीज प्रोकेलमेशन) कानुनी, तथ्यपरक र तार्किक छ।”

उनले उक्त गिरोहका आप्रवासीलाई अमेरिका निष्काशन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया