झापाली समाज र अन्तर्राष्ट्रिय झापाली समाजको सयुक्त आयोजनामा यही अप्रील ११ र १२ तारीख, २०२५ मा भर्जिनिया को टाइसन कर्नरमाचौथो अन्तरास्ट्रिय झापाली सम्मेलन हुन लागिरहेको छ ।
यस सम्मेलनमा अस्ट्रेलिया,कतार,बेल्जियम,नेदरल्याण्ड,नेपाल र अमेरिकाको टेक्सास, क्यालिफोर्निया,पेन्सल्भेनिया, न्युयोर्क, भर्जिनिया, मेरील्याण्ड लगयत धेरै राज्य बाट भाग लिन आउदै हुनुहुन्छ ।
यो झापाली को मात्र नभई नेपाली को पनि सम्मेलन हो ।यस्मा भाग लिनका लागि स्थानीय सबै सघ – सस्था अमेरिका नेपाल सोसाइटी, एन. आर.यन. अमेरिका, एन.आर.एन.भर्जिनिया , न्याक, नेपाल एजुकेसन एण्ड कल्चर सेन्टर मेरिल्याण्ड, बाना,आन्वा( महिलाहरु को सस्था ), अन्टा,अ.ने.सा.स., नेवा, नेवा पासपुस अमेरिकाय, नेपाली नर्स एसोसियसन अमेरिका, नेपाली चिकित्सक सघ अमेरिका,नेपाल ईन्जिनियर एसोसिएसन अमेरिका आदि सबैलाई भाग लिन आव्हान गर्दछु ।
साथै कुनै पुस्तक बिमोचन गर्न, कुनै उत्पादन वा सेवाको उदघाटन वा शुरूवात गर्न का यो सबै सुनौलो अवसर हो | यो अवसरमा, बिशेष गरि स्थानीय,झापाली र नेपाली सम्पुर्ण नेपाली ब्यवसायीहरूलाई स्टल राख्न अनुरोध गर्दछु |
यो अवसरमा झापा मा जन्मी -हुर्की,बिश्वका विभिन्न देशमा रहेर योगदान दिने १० जना “झापाली तारा”हरुलाई सम्मान गरीने छ। आज झापालीहरु, नेपालीहरू बिश्वका बिभिन्न देशमा गएर झापा, नेपाल र नेपालीलाई गौरान्बित गर्ने कार्य गरि रहनु भएको छ ।
आउनुहोस, उहाहरूलाई सम्मान गरौ र आफू पनि सम्मानित बनौ । साथै तपाईं – हाम्रो घर – दैलोमा यत्रो ठूलो सम्मेलन भइरहेको छ । झापालीको भनेर मौन नरहनुस । यो सम्मेलन नेपाल र नेपालीकै हो ।
आफ्ना अतिथिहरूलाई सम्मान र भेटघाट गर्नका लागि आउनु होस ।
स्थान : डबल ट्री हिल्टन होटेल
१९६० चेन ब्रीज रोड, मेक्लीन
भर्जिनिया , अमेरिका ।
सीता पाण्डे
कन्भेनर
चौथो अन्तर्राष्ट्रिय झापाली सम्मेलन
तथा झापाली समाज,अमेरिका।
प्रतिक्रिया