चोथौ बिस्का जात्रा भर्जिनियाको अलेक्जानड्रियामा अप्रिल २० हुने

इनेप्लिज २०८१ चैत ९ गते १९:०९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको अलेक्जानड्रियामा शहरमा अप्रिल २० का दिन भब्य रुपमा चोथौ बिस्का जात्रा मनाइने भएको छ । जात्रा ल्याम्ह अमेरिका गुठीले आयोजना गर्ने उक्त कार्यक्रम अलेक्जानड्रियाको फ्रान्कोनिया रिक्रिएसन सेन्टर
एम्फीथेटर पार्क (उद्यान)मा हुनेछ ।

यस अघि नै ३ पटक सफलतापूर्वक सम्पन्न गरि सकेको बिस्का :जात्रा चोथौ पटक मनाउन लागिएको हो । यस पटक यस कार्यक्रमको लागि अन्य राज्यहरुबाट पनि सहभागीहरु आउने अपेक्षा गरिएको छ ।

कार्यक्रमको ल्यायम्ह अमेरिका गुठीले गरेको हो भने सबैलाई सहभागी हुन् गुठीले सबैलाई आह्वान गरेको छ ।

नेपालमा बैशाख १ गते कै दिन मनाईने यो जात्रा डिसी महानगर क्षेत्रको लागी निकै महत्वपूर्ण हुनेछ । यस क्षेत्रका नेपाली समुदायहरुले निकै अभिरुचिका साथ यस पर्वलाई हेरेका छन् ।

जात्रा दिउसो १२ :३० बजे सुरु हुने छ भने साँझ ५:३० सम्म चल्ने छ । उक्त जात्रामा धिमे नृत्य ,सिन्दुर जात्रा ,सांगीतिक प्रस्तुति , बालबालिकाको परम्परागत नृत्य लगायत अन्य प्रस्तुति हुनेछ । यस पटक बिशेष बालबालिकाहरुको परम्परागत भेषभूषा प्रस्तुति समेत हुने भएको छ । अभिभावकहरुले ५ बर्ष माथिका बालबालिकालाई यसमा सहभागिता गराउन समेत अनुरोध गरिएको छ ।

साथै जात्रा उत्सवमा बालबालिकाको मनोरंजनको लागि मुखाकृति चित्रकला(फेस पेन्टिंग) कला तथा शिल्पकला तथा चित्रक्रिया (पेन्टिंग) लगायतको आयोजना गरिने छ ।

साथै समय बजी भोय आदिको प्रवन्ध गरिने भएको गुठीका सभापति पुस्कर प्रजापतिले बताए । साथै निशुल्क दर्ता समेत गर्न सकिने छ ।

नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने ठिमीमा तीन दिन मनाइन्छ । जात्रा बिषेशत भक्तपुरमा तथा धापासि, तोखा र थिमिमा बार्षिक रूपमा मनाइने पर्व हो ।

प्रतिक्रिया