बागलुङ सेवा समाज अमेरिका केन्द्रीय तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

इनेप्लिज २०८१ चैत १० गते ०:२० मा प्रकाशित

न्यूयोर्क – बागलुङ सेवा समाज अमेरिकाको केन्द्रीय महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले गौरी शर्मा आचार्यलाई अध्यक्ष पदमा निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको छ।

नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा कृष्ण जिसी, महिला उपाध्यक्षमा चमेली परियार खाती, महासचिव खिब राज शर्मा ,महिला संयोजकमा निशा सुनार, र युवा कोअर्डिनेटरमा विकास जिसी चयन भएका छन्।

महाधिवेशनको निर्वाचन प्रक्रिया निर्वाचन आयोगका संयोजक भूमिस्वर सापकोटा को नेतृत्वमा सम्पन्न भएको थियो। उनलाई डा. गंगाधर आचार्य र कुलानन्द शर्मा ले साथ दिएका थिए। निर्वाचन आयोगले निष्पक्ष र सुव्यवस्थित रूपमा निर्वाचन सम्पन्न गरेकोमा सबै पक्षहरूले धन्यवाद व्यक्त गरेका छन्।

नवनिर्वाचित अध्यक्ष गौरी शर्मा आचार्यले समाजलाई अझ सशक्त बनाउँदै आप्रवासी नेपाली समुदायको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, अन्य पदाधिकारीहरूले पनि समाजलाई अझ गतिशील बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।

महाधिवेशनले आगामी कार्यकालका लागि विभिन्न निर्णयहरू पारित गर्दै संगठनलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउने योजना अघि सारेको छ।

प्रतिक्रिया