प्रतिभाशाली नेपाली युवा कलाकार राजश्री श्रेष्ठसँग शीतल चौतारीमा मीठो कुराकानी

विश्व राज थापा २०८१ चैत १० गते १:५३ मा प्रकाशित

नेपाली समुदायमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै रंगमञ्च, सुन्दर प्रतिभा प्रतियोगिताहरुमा अग्रता हाशील गर्न सफल राजश्री श्रेष्ठ बलिउड हुँदै हलिउडमा प्रबेश गर्ने तयारी गर्दैछिन ।

भर्जिनियाको उडब्रिजमा बस्दै आएकी श्रेष्ठले मिर्याकल नामको हिन्दी चलचित्रमा अभिनय गरिसकेकी छिन , जुन चलचित्र भारतसगायत धेरै मुलुकका सीनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । अब हलिउडबाट आएको प्रस्तावलाई उनले स्वीकार गरीसकेकी छिन । चलचित्र छायांकनको तयारीमा छ । सुन्दरी कलाकार श्रेष्ठले यस अघि Mrs Tourism USA Universe 2024 को ताज पहिरी सकेकी छिन । उनी हायाती नामको विश्व बजारमा नाम चलेको सुगन्धित तेलको Official Brand Ambassador पनि हुन । कला क्षमता जाँगर र उत्साह भएकी राजश्री पेशाले सूचना प्रविधिकी IT professionals प्राविधिक हुन ।

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया