राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलोराडो सांसद भवनमा रहेको आफ्नो चित्रलाई ‘विकृत’ भन्दै त्यसलाई हटाउन आग्रह गरेका छन्। उनले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा ट्रम्पले कलाकारको आलोचना गरेका छन् ।
चित्र बनाउँदा कलाकारले आफ्नो पुरानो प्रतिभा गुमाएको जस्तो देखिएको बताएका छन्। उनले कोलोराडोका केही मानिसहरूले पनि उक्त चित्रको बारेमा गुनासो गरेको दाबी गरे।
“आफ्नो खराब तस्वीर वा चित्र कसैलाई मन पर्दैन, तर कोलोराडो स्टेट क्यापिटल अर्थात् बिधान सभा भवनमा गभर्नरले अन्य राष्ट्रपतिहरूसँगै राखेको मेरो तस्बिर जानीजानी यति विकृत बनाइएको छ, जुन मैले शायद पहिले कहिल्यै देखेको थिइनँ,” ट्रम्पले लेखेका छन्।
त्यही कलाकारले पूर्व राष्ट्रपति बाराक ओबामाको चित्र भने राम्रो बनाएका छन् र ओबामा ‘सुन्दर’ देखिन्छन् ,ट्रम्पले भने ।
उनले कोलोराडोका गभर्नर जेरेड पोलिसलाई उक्त चित्र भवनबाट हटाउन आग्रह गरेका छन्।
प्रतिक्रिया