नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित

बेद प्रसाद घिमिरे २०८१ चैत १० गते १०:४० मा प्रकाशित

नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्।

गत शुक्रबार केन्द्रीय कार्यालय सानेपामा अधिवेशन भएको थियो। शुक्रबार नै मतदान भए पनि मतगणना ढिलाइ भएको थियो।

सभापति शेरबहादुर देउवाको निर्देशनपछि सोमबार मतगणना गरिएको थियो।

चम्लागाईं ३५१ मत ल्याएर अध्यक्ष निर्वाचित भएको हुन ।

अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरेकी छन्। विकास थापा नेता शेखर कोइरालानिकट हुन् भने कल्पना खड्का प्रवक्ता प्रकाशशरण महतनिकट हुन्।

अध्यक्षमा निर्वाचित भएका चम्लागाईं महामन्त्री गगन थापानिकट हुन्। चम्लागाईंलाई सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरूको पनि साथ थियो।

प्रतिक्रिया