मस्कको राजनीतिक अभियान समितीद्वारा विस्कन्सिनमा ‘सक्रियतावादी न्यायाधीशहरू’ विरुद्ध याचिका हस्ताक्षर गर्ने हरेकलाई १०० डलर दिने प्रस्ताव

इनेप्लिज २०८१ चैत १० गते ११:१५ मा प्रकाशित

बिश्व कै धनाढ्य व्यक्ति तथा सरकारी दक्षता बिभागका प्रमुख इलन मस्कको राजनीतिक अभियान समिति (पिएसि -प्याक)ले विस्कन्सिनका मतदातालाई १०० डलर दिने प्रस्ताव गरेको छ ।

आफ्नो विचार थोपर्ने सक्रियतावादी न्यायाधीशहरू विरुद्ध याचिकामा हस्ताक्षर गर्ने हरेकलाई १०० डलर दिइने छ। गर्छन्। यो अभियान आगामी अप्रिल १ मा हुने विस्कन्सिन राज्यको सर्वोच्च अदालत (सुप्रीम कोर्ट) चुनावलाई लक्षित गर्दै सुरु गरिएको हो।

मस्कको अमेरिका प्याक (PAC)ले बिधुतिय तथा प्रत्यक्ष कार्यक्रमहरूमा यो याचिका प्रचार गरिरहेको छ। याचिकामा भनिएको छ, न्यायाधीशहरूले कानुनको व्याख्या लेखिएको अनुसार गर्नुपर्छ ।

यस अभियानले मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संघीय न्यायाधीशहरूको आलोचना गर्ने पछिल्ला टिप्पणीलाई प्रतिबिम्बित गरेको छ।

यस अभियानमार्फत मस्कको टोलीले आगामी चुनावमा मतदातालाई आकर्षित गर्न तथ्यांक पनि संकलन गर्नेछ। मस्कले यसअघि पनि चुनावी अभियानमा नगद पुरस्कार प्रयोग गरेका थिए। २०२४ को राष्ट्रपतिको चुनावमा ट्रम्पलाई सघाउन मस्कले बिजयीको निर्णायक भूमिका खेल्ने राज्य (स्विङ स्टेट) का मतदाताहरूलाई दोस्रो संशोधन समर्थन गर्ने याचिकामा हस्ताक्षर गरेबापत १ मिलियन अर्थात् १० लाख डलरको पुरस्कार घोषणा गरेका थिए।

हालसम्म मस्कसँग सम्बद्ध दुई राजनीतिक समूह अमेरिका प्याक तथा बिल्डिङ अमेरिका फ्युचरले रिपब्लिकन उम्मेदवार ब्राड शिमेलको पक्षमा झण्डै २० मिलियन खर्च गरेका छन्।

एबीसी न्यूजका अनुसार आन्तरिक सर्वेक्षणमा डेमोक्र्याट उम्मेदवार सुसान क्रफोर्डसँगको प्रतिस्पर्धामा शिमेल “निकटतम दूरी” मा रहेका छन्। शिमेललाई ट्रम्प समर्थक रुढीवादीका रूपमा प्रस्तुत गरेर आफ्नो चुनावी आधारलाई अझ सुदृढ गर्न सुझाव दिइएको छ।

प्रतिक्रिया