न्यूजर्सीका कट्टरवादी यहूदी यात्रु इस्रोयल लिबले युनाइटेड एयरलाइन्स र अमेरिकी गृह बिभाग विरुद्ध संघीय अदालतमा मुद्दा दायर गरेका छन्। उनले आफूलाई बिमानचालकले जबरजस्ती विमानको सौचालयबाट बाहिर निकालेको आरोप लगाएका छन्। यो घटना मेक्सिकोको तुलुमबाट टेक्ससको ह्युस्टनतर्फ जाँदै गरेको उडानमा भएको हो।
लिवले दायर गरेको मुद्दाअनुसार जनवरी २८ मा उनी कब्जियतका कारण विमानको सौचालयमा २० मिनेटसम्म भित्रै बसेका थिए।विमान परिचारिकाले उनका साथीलाई उनको अवस्था बुझ्न लगाइन्। लिवले आफू समस्यामा रहेको र चाँडै बाहिर निस्कने जानकारी गराएका थिए।
१० मिनेटपछि बिमानचालक आएर सौचालयको ढोका खोलेर उनलाई जबरजस्ती बाहिर निकाले जसका कारण लिवको लुगा प झरेको अवस्थामा उनी अन्य यात्रु र बिमानका कर्मचारी अगाडि नग्न देखिए।
उनले बिमानचालकले यहूदीहरू यस्तै व्यवहार गर्छन् भनेर धर्मलाई लिएर अपमानजनक टिप्पणी गरेको दाबी गरेका छन्।
विमान अवतरण भएपछि सीमा सुरक्षा अधिकारीहरू विमानमा आएर उनीहरूलाई हिरासतमा लिए।
त्यसपछि उनलाई अर्को दिन न्युयोर्क जानका लागि निशुल्क टिकट दिइएको भए पनि अतिथीगृह(होटल) र खाना खर्चका कारण उनले आर्थिक नोक्सान बेहोर्नुपरेको छ।
घटनाबारे युनाइटेड एयरलाइन्स र सीमा सुरक्षा अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। मुद्दा म्यानह्याटवको संघीय अदालतमा विचाराधीन छ।
प्रतिक्रिया