एफबीआई निर्देशक पटेललद्वारा एटीएफ कटौतीसम्बन्धी सिएनएनको समाचार ‘पूर्ण रूपमा झुट’ भएको भन्दै खण्डन

इनेप्लिज २०८१ चैत ११ गते ११:३२ मा प्रकाशित

एफबीआईका निर्देशक काश पटेलले एटीएफ (मदिरा ,सूर्ती, बन्दुक लगायत) सम्बन्धी सिएनएनको समाचारलाई ‘पूर्ण रूपमा झुटो’ भन्दै खण्डन गरेका छन्।

सिएनएनले तीन अज्ञात स्रोतलाई उद्धृत गर्दै पटेलले एटीएफका १,००० गुप्तचर (एजेन्ट)लाई एफबीआईमा सरुवा गर्ने र एटीएफको कर्मचारी संख्यामा एक तिहाइ कटौती गर्ने योजना बनाएको दाबी गरेको थियो।

“यो कदम एटीएफको ठुलो कटौती हो,” सिएनएनको प्रतिवेदन (रिपोर्ट)मा भनिएको थियो, “जसले बन्दुक अधिकार समूहहरूको आलोचनाको सामना गर्दै आएको छ। एटीएफसँग करिब २,६०० गुप्तचर र ५,००० कर्मचारीहरू छन्, जुन वर्षौदेखि झन्डै स्थिर छ।”

पटेलले एटीएफ कर्मचारीहरूलाई पठाइएको ज्ञापन मा भने, “सिएनएनले नेतृत्वले एटीएफका एक तिहाइ गुप्तचर कटौती गर्ने योजना बनाएको भन्ने समाचार प्रकाशित गर्यो जुन पूर्ण रूपमा गलत छ।”

“नक्कली समाचारले कहिल्यै एटीएफको सञ्चालनको जिम्मा लिने छैन,” उनले भने । “एटीएफका साहसी पुरुष र महिलाहरूले अमेरिकी जनताको सुरक्षा सुनिश्चित गर्न समर्पित छन् र संचार माध्यम( मिडिया)को गलत सूचनाले उनीहरूको सुरक्षामा जोखिम उत्पन्न गर्न दिइने छैन।”

पटेलले यसअघि एफबीआई निर्देशकको रूपमा शपथ लिँदा संचारमाध्यमप्रति आफ्नो कडा अडान प्रकट गरेका थिए। उनले संचार माध्यमलाई आफूलाई लक्षित गर्न खुला चुनौती दिँदै भनेका थिए, “तपाईहरूले मेरोबारे झुटा र बदनाम गर्ने समाचारहरू लेखिरहन सक्नुहुन्छ, तर एफबीआईका कर्मचारीहरूलाई त्यसमा नतान्नुस्। उनीहरूले राम्रो व्यवहार पाउनुपर्छ।”

प्रतिक्रिया