नेपाली मूलका युवा अमेरिकाको ओहायोबाट बेपत्ता , समुदायद्वारा व्यापक खोजी जारी

इनेप्लिज २०८१ चैत ११ गते २२:५५ मा प्रकाशित

नेपाली मूलका युवा नेपाल उर्लाबारी घर भै बिगत ११ बर्ष अगाडी बिधार्थी प्रवेशाज्ञाबाट आएका निकेश आचार्य अमेरिकाको ओहायोको कोलम्बसबाट बेपत्ता भएका छन् । समुदाय तथा सुरक्षा निकायद्वारा व्यापक खोजी जारी रहेको छ । सामाजिक संजालमा व्यापक रुपमा उनको सकुशल फिर्ताको लागि सबैले कामना सहित आह्वान गरेका छन् ।

बेलुका सकुसल सुतेका उनि बिहान ३ :३० बजे उनि घरमा नभएको थाहा पाए पछि खोजबिन गर्दा छिमेकीको क्यामरा(चित्रग्राहिणी)मा बिहान १२:३० बजे हिडेको कैद गरेको छ । उनले प्रयोग गर्ने निजी संचार उपकरण ,मुद्र थैली(वालेट) पनि घर मै छोडी हिंडेको पारिवारिक श्रोतले जानकारी गराएको छ ।

पेशाले इन्जिनियर (अभियन्ता)उनि धेरै बर्ष नर्थ डाकोटामा काम गरे पछि करिव २ बर्ष अगाडी उनि ओहायो राज्यको कोलम्बस नजिक बसाई सराई गरि सपरिवार आएका थिए ।

उनका सहोदर दाजु अमेरिकाको अन्य राज्यमा भएकोले खबर सुन्ना साथ भाइको खोजीको लागि उनि ओहायो आई पुगेका छन् । २०१६ मा बिबाह बन्धनमा बाधिएका उनि श्रीमती ,१ छोरा र १ छोरी साथ कोलम्बस नजिक बस्दै आएका छन् ।

यदि कसैले उनलाई देखेमा नजिकको प्रहरीलाई खबर गर्न उनको परिवारले अनुरोध गरेका छन् । ओहायोका नगर परिसद सदस्य भुवन प्याकुरेलले सामाजिक संजाल ( फेसबुक) मार्फत प्रत्यक्ष प्रसारण गर्दै नजिकको एक उद्यानमा जम्मा भएर खोजीको लागि समुदायलाई आह्वान गरेका छन् ।

ईनेप्लिज परिवार निकेश भाईको सकुशल घर फिर्तीको कामना गर्दछ ।

भुवन प्याकुरेल सामाजिक संजाल ( फेसबुक) प्रत्यक्ष प्रसारण :

https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=1355634598807886&rdid=1oqzRSbUKLyohRLr

प्रतिक्रिया