राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीहरूलाई मतदाता सूचीमा रोक्न उद्देश्य राखेको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
ह्वाइट हाउसका कर्मचारी सचिव विल शार्फका अनुसार, यो आदेशले “आप्रवासन र सीमा सुरक्षा विभाग (डिएचएस ) द्वारा उपलब्ध तथ्यांकलाई पूर्ण रूपमा प्रयोग गरी गैरकानुनी आप्रवासीहरूलाई मतदानबाट रोक्न” सुनिश्चित गर्दछ।
आदेशअनुसार, यदि कुनै राज्यले आफ्नो निर्वाचनलाई “सुरक्षित” बनाउन आवश्यक कदम चालेन भने त्यस्ता राज्यहरूको संघीय अनुदान कटौती गरिनेछ। साथै, निर्वाचन अपराधहरूका लागि न्याय विभागलाई ती राज्यहरूमा कारबाही गर्न निर्देशन दिइएको छ ।
यस आदेशले मेल (हुलाक)मार्फत् मतदाता दर्ताका लागि अमेरिकी नागरिकताको प्रमाणपत्र अनिवार्य गर्न निर्वाचन सहायता आयोगलाई आग्रह गरेको छ।
प्रमाणपत्रमा अमेरिकी राहदानी, सैन्य परिचयपत्र, राज्य वा संघीय परिचयपत्र, वा नागरिकता जनाउने वास्तविक परिचय पत्र (रियल आईडी )समावेश हुन सक्छ।
प्रतिक्रिया