क्यानडाको ब्रिटिश कोलम्बियामा भएको ठूलो हिमपहिरोमा अमेरिकीसहित तीन स्कीयरको मृत्यु भएको छ भने ४० वर्षीय एक व्यक्ति गम्भीर घाइते भएका छन्।
सोमबार दिउँसो १ बजे तिर कुटेनी तालको पूर्वी क्षेत्रमा रहेको क्लुट क्रीक वाटरशेडमा दुई स्की (खुट्टामा स्की भनिने चिप्लो बोर्ड जस्तो उपकरण बाँधेर हिउँमाथि चिप्लिने खेलाडी ) समूह स्की गर्न सकेर रुखभन्दा तलको क्षेत्रमा आराम गरिरहेका बेला अचानक हिमपहिरो आएको स्थानीय क्यास्लो रोयल क्यानेडियन माउन्टेड प्रहरीले जनाएको छ।
हिमपहिरो आउनु अघि एक हेलिकप्टर (उदग्रबिमान )त्यहाँ आइपुगेको थियो, जसका बिमानचालकले हिमपहिरो देखेपछि सायरन(चेतावनी दिने आवाज ) बजाएका थिए। एक समूहका स्कीयरले सुरक्षित स्थानतर्फ भाग्न सफल भए पनि अर्को समूहका चारजना हिमपहिरोमा परेर रुखतर्फ बगेका थिए।
उद्धार टोलीले तुरुन्तै खोजी कार्य सुरु गरे पनि तीनजनालाई मृत अवस्थामा फेला पारे। उनीहरूमा ४४ वर्षीय ब्रिटिश कोलम्बियाको व्हिस्लरका पुरुष, ४५ वर्षीय अमेरिकी आइडाहोका पुरुष र ५३ वर्षीय क्यास्लोका स्की गाइड(मार्गदर्शक) थिए।
अर्का ४० वर्षीय व्यक्ति नेल्सन, ब्रिटिश कोलम्बियाका हुन्, जसको अवस्था अहिले पनि गम्भीर रहेको छ।
कुटेनी क्षेत्रमा तापक्रम बढ्दा हिमपहिरोको जोखिम उच्च रहेको र सबै उचाइमा खतराको चेतावनी जारी गरेको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया