यमनी हुथी विद्रोही समूहले रेड सि (लाल सागर) मा अमेरिकी युद्धपोतहरूमा आक्रमण गरेको दाबी गरेको छ।
हुथी समूहले मंगलबार अबेर जेरुसलम पोस्टमा प्रकाशित वक्तव्यमा अमेरिकी युद्धपोत युएसएस ह्यारीएस. ट्रुम्यान र अन्य अमेरिकी जहाजमा आक्रमण गरेको दाबी गरेको हो। बुधबार स्थानीय समयअनुसार बिहान हुथीरूले मानवरहित यान (ड्रोन)को प्रयोग गरेर अमेरिकी जहाज र इजरायली सैनिक स्थानहरूलाई निशाना बनाएको पनि दाबी गरे।
यस महिना हुथीहरूले अमेरिकाद्वारा यमनमाथि गरिएका आक्रमणको प्रतिकारस्वरूप युएसएस ट्रुम्यान र अन्य जहाजहरूमा आक्रमण गरिरहेको बारम्बार दाबी गर्दै आए पनि यसको पुष्टि गर्न कुनै प्रमाण दिएका छैनन्।
त्यसअघि अमेरिकी सेनाले हुथी समूहका केही मानव रहित यान (ड्रोन)लाई खसालेको थियो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीहरूबीच गोप्य सैन्य कारबाहीबारे समूह कुराकानी (सन्देश आदान प्रदान-च्याट)मा छलफल भएको जानकारी बाहिर आए पछि ठूलो हलचल मच्चिएको छ ।
प्रतिक्रिया