न्यूयोर्कको कर्नेल विश्वविद्यालयका विद्यार्थीको प्रवेशाज्ञा (भिसा) खारेज, निर्वासनविरुद्ध कानुनी लडाइँ

इनेप्लिज २०८१ चैत १२ गते ११:१५ मा प्रकाशित

न्यूयोर्कको कर्नेल विश्वविद्यालयका विद्यार्थीको प्रवेशाज्ञा (भिसा) खारेज गरेको छ । उक्त बिधार्थी निर्वासनविरुद्ध कानुनी लडाइँ लडि रहेका छन् ।

न्यूयोर्कको कर्नेल विश्वविद्यालयका एक स्नातक विद्यार्थी मोमोदु टालले अमेरिकी सरकारविरुद्ध कानुनी लडाइँ लडिरहेका छन्। टालको विद्यार्थी प्रवेशाज्ञा (भिसा) हालै अमेरिकी विदेश विभागले खारेज गरेको छ, र उनलाई ट्रम्प प्रशासनले निर्वासनको लक्ष्य बनाएको छ।

टालका वकिलहरूले यो मुद्दा सरकारविरुद्ध आलोचनात्मक विचार व्यक्त गर्ने व्यक्तिहरूलाई लक्षित गर्न सक्ने अधिकारको परीक्षण हुने बताएका छन्।

टालले इजरायल-हमास युद्धका बीच प्यालेस्टानी समर्थक प्रदर्शनहरूमा भाग लिएपछि आफूलाई निशाना बनाइएको आरोप लगाएका छन्। उनलाई अध्यागमन अधिकारीसमक्ष आत्मसमर्पण गर्न भनिएको छ।

गत वर्ष टाललाई कर्नेल विश्वविद्यालयले दुई पटक प्रतिबन्ध लगाएको थियो, जसले उनको प्रवेशाज्ञामा परेको थियो। साथै, उनले ७ अक्टोबर २०२३ मा इजरायलमाथिको हमासको आक्रमणपछि विवादास्पद सामाजिक संजालमा प्रकाशन गरेका थिए ।

टालको मुद्दामा अन्य दुई वादीहरूले पनि साथ दिएका छन्। उनीहरूले भने, “यो देश यस्तो हुनुपर्छ जहाँ कुनै पनि व्यक्तिले कानुनी सुनुवाइमा भाग लिन पाओस्।”

टालका वकिलहरूले ट्रम्प प्रशासनका दुई कार्यकारी आदेशहरूलाई रोक्न अदालतमा माग गरेका छन्। फैसला भने अझै आएको छैन।

प्रतिक्रिया