इलन मस्कको सरकारी दक्षता बिभागद्वारा १३० बिलियन डलरबचत गरेको दाबी गरेको छ ।
इलन मस्कको *डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (सरकारी दक्षता बिभाग )ले मंगलबार आफ्नो संजालस्थल (वेबसाइट) अध्यावधिक गर्दै संघीय सरकारले १३० बिलियन डलर जति रकम बचत गरेको दाबी गरेको छ। सरकारमा खर्च कटौती गर्ने प्रयासहरूका कारण यो बचत सम्भव भएको बताइएको छ।
मस्कको समूहले दुई हप्तासम्म नयाँ तथ्यांक अध्यावधिक नगरे पछि अचानक बचत रकममा १५ बिलियनको वृद्धि भएको देखाइएको छ। मस्कले आफ्नो लक्ष्य १ खर्ब डलर कटौती गर्ने रहेको बताउँदै आएका छन्,। तर हालसम्म सरकारी दक्षता बिभागले सो लक्ष्यको १३ % मात्र हासिल गरेको छ।
उनको बिभागले ७,००० भन्दा बढी सरकारी ठेक्का र ९,००० भन्दा बढी अनुदान रद्ध गरेको छ ।
यस्तै लगभग ७०० वटा रियल स्टेट सम्झौता रद्द गरिएको विवरण देखाएको छ। यी कारबाहीहरूबाट कुल ५४ बिलियन डलर जति बचत भएको उल्लेख छ, जुन कुल १३० विलयन डलर बचतको हिस्सा हो।
प्रतिक्रिया