CCNCUSA र एशियन अमेरिकन अफेयर्स अफ नासाउ काउन्टीबीच विशेष बैठक, सम्मान तथा इफ्तार डिनर 

इनेप्लिज २०८१ चैत १२ गते २१:४० मा प्रकाशित

२०२५ Coordination Committee of Nepali Communities USA (CCNCUSA) ले एशियन अमेरिकन अफेयर्स अफ नासाउ काउन्टीसँग विशेष बैठक, सम्मान तथा इफ्तार डिनरको आयोजना गरेको छ। कार्यक्रम हिक्सभिलस्थित Cafe Zauk restaurant (100 S Broadway, Hicksville, NY) मा सम्पन्न भएको थियो। कार्यक्रमको उद्देश्य सामुदायिक सहकार्यलाई सुदृढ बनाउनुका साथै काउन्टी अफिसियलहरूलाई सम्मान गर्नु थियो।

CCNCUSA अध्यक्ष बाबुराम शर्मा को नेतृत्वमा सामुदायिक अगुवाहरू बेदप्रसाद खरेल, विश्वराज बास्तोला, टिका ढकाल, बसन्त चापागाईं, निर्मल थापलिया, रमेश सत्याल र शंकरनारायण प्रजापति को उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा एशियन अमेरिकन अफेयर्स अफ नासाउ काउन्टीका कार्यकारी निर्देशक सय्यद नक्वी तथा नासाउ काउन्टीका वरिष्ठ सल्लाहकार अकरम चौधरी सहभागी थिए। नेपाली समुदायको योगदानलाई कदर गर्दै CCNCUSA अध्यक्ष बाबुराम शर्माले नक्वी र चौधरीलाई सम्मान गरेका थिए। रमजानको अवसरमा आयोजित यस इफ्तार डिनरले नेपाली तथा मुस्लिम समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाएको CCNCUSA ले जनाएको छ। साथै, यस कार्यक्रममा नेपाली अमेरिकी समुदायको प्रवर्द्धन तथा स्थानीय सरकारसँगको सहकार्यलाई अझ सशक्त बनाउने उद्देश्य रहेको आयोजकको भनाइ छ।

प्रतिक्रिया