द्वन्द्वपीडितहरूलाई न्याय दिनेगरि सरकार अघि बढेको छ, कुनै छलछाम हुँदैन : देउवा

बेद प्रसाद घिमिरे २०८१ चैत १३ गते १०:०७ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार द्वन्द्वपीडितहरुलाई न्याय दिने कुरामा प्रष्ट रहेको बताएका छन् । उनले अहिलेको सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र त्यसको लागि अघि बढिसकेको बताए । आज (बिहीबार) काठमाडौमा भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै देउवाले पीडितहरुले न्याय पाउनेगरि काम गरिने विश्वास दिलाएका हुन् ।

पूर्व प्रधानमन्त्री देउवाले शान्ति सम्झौतामार्फत द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा दुइमत नरहेको बताए । उनले सङ्क्रमणकालीन न्यायका लागि सरकारले दुवै आयोगको पदाधिकारी सिफारिस गर्न समिति समेत गठन गरिसकेको उल्लेख गर्दै उक्त आयोगले छिटै पूर्णता पाउने सुनाए । उनले भने,‘पीडितलाई न्याय दिलाउन यो सरकार प्रस्ट छ । पारदर्शी ढङ्गले सबैको सुझाव र भावना बुझेर न्याय प्रक्रिया अघि बढ्छ । कुनै छलछाम हुनेछैन ।’

प्रतिक्रिया