प्रधानमन्त्री ओलीले कुलमानको बिषय लिएर ‘प्रचण्ड’ को आलोचना

बेद प्रसाद घिमिरे २०८१ चैत १३ गते १०:२६ मा प्रकाशित

शान्ति प्रक्रिया पूरा गर्ने सम्बन्धमा भएको सहमतिलाई कुलमान बर्खास्ती प्रकरणसँग जोड्न खोजेको भन्दै उनले प्रचण्डको आलोचना गरेका हुन् । संक्रमणकालीन न्यायसम्बन्धी सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यी दुवै फरक विषय भएको बताएका हुन् ।

ओलीले भने, ‘हिजो–अस्ती मैले सुनें, शान्ति प्रक्रियाका लागि छलफल गर्न भनेर बोलाए, अनि सिफारिस समिति बनाएपछि एक जना कर्मचारीले ठिक काम गरेन भनेर निकाले छन्, यस्तो धोका । कहाँबाट जोडियो खेतमा पानी लगाउने कुरा र बाख्रो किनेको कुरा ? अर्कै–अर्कै कुरा हो त शान्ति प्रक्रिया र एउटा कर्मचारीले राम्रो काम गरेन भनेर कारबाही गरेको कुरा । कहाँबाट जोडिन आयो ?’

अर्कोतिर अहिले ननइस्यूहरुलाई इस्यू बनाउन खोजिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाएका छन् । राजावादी आन्दोलनलाई इँगित गर्दै ओलीले भने, ‘के निकालेको नन इस्यू पनि कसरी निकालेको हो । ६५ सालमा ज्ञानेन्द्र शाहजी घर जानुभो । हामी दुई–चार महिनामा घर फर्किन्छौँ । उहाँ २५० वर्षपछि फर्किनु भएछ । ठूलो कुरै भएन नि ! अहिले यति वर्षपछि कहाँबाट फेरि नन इस्यू‘ पोखराबाट आउनुभो रे, कहाँ दरबार लान्छु भन्या हो ।

प्रतिक्रिया