अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डको स्वामित्व लिन अमेरिका आवश्यक परे जति टाढासम्म जान तयार हुने बताएका छन्। उपराष्ट्रपति जेडी भ्यान्स तथा दोस्रो महिला उषा भ्यान्सको आगामी भ्रमणको पूर्वसन्ध्यामा ट्रम्पले ग्रीनल्यान्डलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण बताउँदै उक्त धारणा व्यक्त गरेका हुन्।
“हामीलाई ग्रीनल्यान्ड चाहिन्छ, किनकि यसले हाम्रो राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षामा भूमिका खेल्छ,” ट्रम्पले बुधबार ओभल कार्यालयमा पत्रकारहरूसँग भने। “हामी जहाँसम्म जान आवश्यक छ, त्यहाँसम्म जानेछौं। ग्रीनल्यान्ड हामीलाई चाहिन्छ । डेनमार्कले पनि हामीलाई ग्रीनल्यान्ड दिनुपर्छ। हामी के हुन्छ, हेरौं। तर यदि ग्रीनल्यान्ड हाम्रो भएन भने हामीसँग ठूला सुरक्षा उपायहरू हुने छैनन्।”
ट्रम्पले अगाडी भने , “सुरक्षाको दृष्टिकोणले म यसलाई अत्यन्तै महत्त्वपूर्ण रूपमा लिन्छु, हामीलाई त्यहाँ हुनु जरुरी छ।” उपराष्ट्रपति जेडी भ्यान्सको सम्भावित यात्रा बारे ट्रम्पले टिप्पणी गरे
ग्रीनल्यान्डका प्रधानमन्त्री म्यूटे एगेडेले यसअघि अमेरिकी अधिकारीहरूको प्रस्तावित भ्रमणलाई “ग्रीनल्यान्डिक समुदायमाथि गरिएको निकै आक्रामक अमेरिकी दबाब” को संज्ञा दिएका थिए । यसमा अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप गर्नुपर्ने बताउँदै कडा आलोचना गरेका थिए।
प्रतिक्रिया