ट्रम्प प्रशासनले संघीय स्वास्थ्य निकायहकुमा करिब १०,००० पूर्णकालीन कर्मचारी कटौती गर्ने योजना बनाएको छ।
यो कटौती स्वास्थ्य तथा मानव सेवा विभाग अन्तर्गत हुनेछ ।
यस कदमले विभागको कूल जनशक्तिको करिब १० % प्रतिशतले कमी गर्नेछ।
अग्रिम स्वेच्छिक कार्यक्रम (अर्ली रिटायरमेन्ट)योजना जस्ता अन्य उपायहरूसँग मिलेर विभागको पुनर्संरचनाले कुल कर्मचारी संख्यालाई ८२,००० बाट ६२,००० मा झार्नेछ,” एचएचएसले विज्ञप्तिमा जनाएको छ।
यस परिवर्तनबाट करदाताहरूलाई १.८ विलियन डलर बचत हुने अनुमान गरिएको छ।
स्वास्थ्य अधिकारीहरूलाई दिइएको पत्रमा भनिएको छ, “बिहीबार घोषणा गरिएका कटौतीहरू र हालका हप्तामा गरिएका परिवर्तनहरू बाहेक हालका लागि थप कटौतीको योजना छैन।”
पत्रअनुसार स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ. केनेडीले एफडिए(फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन)बाट ३,५०० र सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)बाट २,४०० रोजगारी कटौती गर्नेछन्।
एफडिएमा हुने यी परिवर्तनले औषधि, चिकित्सा उपकरण, वा खाद्य पदार्थ परीक्षण गर्ने समीक्षकहरू र निरीक्षकहरूमा भने कुनै असर नपर्ने तथ्य-पत्रमा स्पष्ट गरिएको छ।
प्रतिक्रिया