खुसिका दिनहरु आउँछ कि आशामा गइगयो जिन्दगी
घरको छानो फेरौला भन्दा भन्दै गइगयो जिन्दगी
ऋणै ऋणको भारी बोकि दुखिरहेछ जिन्दगी
किन होला आफै भित्र खोजेको छु जिन्दगी
सोच्न त सोचेको थिए तिम्रो ओठको मुस्कान हेरौला
यस पाली त तिम्रो लागि नयाँ लुगा किनौला
म राजा तिमी रानी भएर रमाउला
खान नपाएर भोकै बस्दा मन कति रोला
यस्तो गरिबिले अब कति दिन बाच्न सकिएला
सिटामोल पनि नपाउदाको पिडा कसले बुझ्न सक्ला
अरुले पिडामा छ भन्नुपर्ने कस्तो यो जिन्दगी
दु:ख उस्तै पिडा उस्तै इच्छा सबै भयो खरानि
खुसिका दिनहरु आउँछ आशामा गइगयो जिन्दगी
घरको छानो फेरौला भन्दा भन्दै गइगयो जिन्दगी
ऋणै ऋणको भारी बोकि दुखिरहेछ जिन्दगी
किन होला आफै भित्र खोजेको छु जिन्दगी
लेखक : गोबिन्द राज ओझा (राजन )
प्रतिक्रिया