लस भेगासमा ३ वर्षीय बालिकाको हत्याको आरोपमा बाल हेरचाहकर्ता गिरफ्तार

इनेप्लिज २०८१ चैत १४ गते १२:१४ मा प्रकाशित

अमेरिकाको नेभादा राज्यको लास भेगास प्रहरीले ३ वर्षीय बालिकालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक बाल हेरचाहकर्ता(बेबी सिटर)लाई पक्राउ गरेको छ।

लस भेगास महानगर प्रहरी विभागका अनुसार ४१ बर्षिय मार्केटा फिलिप्सलाई पक्राउ गरी क्लार्क काउन्टी कारागारमा राखिएको छ। उनलाई घातक हतियार प्रयोग गरी हत्या गरेको आरोपमा मुद्दा दायर गरिएको छ।

बुधबार बिहान करिब ३:३६ बजे बालिकाका पिताले ९११ मा खबर गरेर आफ्नी छोरीलाई बाल हेरचाहकर्ताले चक्कु हानेको जानकारी गराएका थिए। घटनास्थलमा पुगेका प्रहरीले आवासगृह (अपार्टमेन्ट)भित्र चक्कु प्रहारबाट गम्भीर घाइते अवस्थामा बालिकालाई फेला पारे।

अधिकारिहरूले बालिकाको ज्यान बचाउन प्रयास गरे पनि उनलाई सनराइज अस्पतालमा लगिएको थियो । पछि उनलाई मृत घोषित गरियो।

बालिकाका पिताले प्रहरीलाई बताए अनुसार, बाल हेरचाहकर्ता मार्केटा फिलिप्स घटनापछि भागेकी थिइन्। प्रहरी अधिकारीहरूले उक्त क्षेत्रमा खोजी गर्दा उनलाई नजिकै फेला पारी पक्राउ गरेका थिए।

प्रहरीका अनुसार फिलिप्स बालिकाको हेरचाह गरिरहेकी थिइन् उक्त बालिकाका पिता काममा थिए। उनले बालिकालाई चक्कु प्रहार गरेपछि घटनास्थलबाट भागेको बताइएको छ।

प्रहरी विभागका हत्यासम्बन्धी अनुसन्धान प्रमुख रोबर्ट प्राइसले पत्रकार सम्मेलनमा भने, “यो एक अलग घटना हो। यो निकै दुःखद र दुर्भाग्यपूर्ण घटना हो।”

फिलिप्सले गत बिहीबार अदालतमा आफ्नो पहिलो उपस्थिति जनाएको एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया