भर्जिनियाबाट एमएस-१३ गिरोहका प्रमुख सदस्य गिरफ्तारी, उनि मध्य विद्यालय समयमै उक्त गिरोहमा संलग्न भएको खुलासा

इनेप्लिज २०८१ चैत १४ गते १३:२५ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा एमएस-१३ गिरोहका प्रमुख सदस्यको गिरफ्तारी गरिएको छ । उनि मध्य विद्यालय समयमै उक्त गिरोहमा संलग्न भएको खुलासा भएको छ ।

महान्यायाधिवक्ता पाम बन्डीले भर्जिनियामा गत बिहीबार बिहान पक्राउ परेका एक एमएस-१३ गिरोहका प्रमुख सदस्यको गिरफ्तारीको विवरण दिएकी छन्। २४ वर्षीय हेन्नरी जोसुए विलाटोरो सान्टोस जो एल साल्भाडोरका अवैध आप्रवासी हुन् ।

उनलाई संघीय जासुसहरुले पक्राउ गरेका छन् । बन्डीका अनुसार उनि मध्य विद्यालयको समयमा एमएस-१३ ग्याङ(गिरोह)मा भर्ती भएका थिए।

बन्डीले उनलाई माध्यमिक विद्यालयमा भर्ती गरिएको थियो । उनि धेरै वर्षदेखि अमेरिका बसेका थिए र साथी र परिवारसँगै अवैध रूपमा बसोबास गर्दै थिए। बन्डीले आरोप लगाउँदै भनिन्, “बाइडन प्रशासनले यी व्यक्तिहरूलाई देश निकाला गर्न केही गरेन।

सान्टोसलाई घरको खोजी गर्दा अवैध हतियार राखेको आरोपमा पक्राउ गरिएको छ । बन्डीले अगाडी भनिन् एमएस-१३ गिरोहका सान्टोस जस्ता व्यक्तिहरूको गिरफ्तारीले अमेरिकालाई सुरक्षित बनाएको छ।

सान्टोसलाई अब एल साल्भाडोरको आतंकवाद कारागारमा पठाउने प्रयास गरिने छ। “उनलाई घर पठाउँछौं, त्यहाँ उनको स्थान हो,” बन्डीले भनिन् ।

प्रतिक्रिया