राजावादी आन्दोलकारीहरुले (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाए

बेद प्रसाद घिमिरे २०८१ चैत १४ गते २२:१३ मा प्रकाशित

राजावादी आन्दोलकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएका छन् ।

संसदबाट भक्तपुरस्थित घर फर्किदै गरेको परियारलाई आन्दोलनकारीहरुले बालकुमारीस्थित सिसिआरसी कलेज अगाडी रोकेका थिए ।

परियारलाई गाडीबाट बाहिर निकालेर यनी चढ्दै आएको १३८२ नम्बरको गाडीमा आगजन गरेको परियारले बताए ।

परियार शुक्रबार दिनभर संसदको कामकारबाहीमा संलग्न थिए । बेलुकी भक्तपुरस्थित घर फर्किँदै थिए । कर्फ्यु छल्न उनी भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै थिए।

प्रतिक्रिया