टोरोन्टो, क्यानेडियन नेवाः गुठि द्वारा बिगत बर्षहरुमा झै यस बर्ष पनि निशुल्क रुपमा कर आबेदन शिबिरको साथै सो फाराम भर्ने तरिका सम्बन्धि वेबीनार तालिम पनि संचालन गरेको छ । गुठिले यसपटक आबेदकले बिद्युतिय माध्यम् बाट कर आबेदन फाराम आफैले भर्न सकोस भन्ने उद्देश्यले सो सम्बन्धि भर्च्युयल वेबीनार तालिम संचालन गरेको हो ।वेबीनार तालिम बारे प्रकाश पार्नु हुदै कार्यक्रम संयोजक नरेश ताम्राकारले आबेदकहरु आफैले फाराम भर्न सक्षम होस भन्ने हेतुले गुठिले पहिलो पटक यो तालिम आयोजना गरेको बताउनु भयो ।
उपस्थित सबैलाई स्वागत गर्नु हुन्दै गुठिका अध्यक्ष उत्तम माकःजुले गुठिले आफ्नो संस्कृति तथा परम्परा सम्बन्धि कार्यक्रम बाहेक सामुदायिक आबश्यकतालाई सम्बोधन गर्ने क्रममा गत १२ बर्ष देखि कर आबेदन सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको बताउनु भयो।साथै उहाँले बृहत्तर टोरोन्टो क्षेत्रमा सामुदायिक संस्थाहरु बाट यस्तो कार्यक्रम गुठिबाट नै पहिलो पटक आयोजना गरेको होला भन्ने आसय ब्यक्त गर्नु भयो।
कार्यक्रममा गुठिका सल्लाहकार तथा लेखा बिशेसज्ञ रबिन प्रधानले क्यानडा रेभेन्यु एजेन्सीको परिचय, कर आबेदनको सुरुवात, अनिबार्यता, उपादेयता लगायत बारे बिस्तृत जानकारी दिनु भयो । तत्पश्चात गुठिका युबा समितिका संयोजक आयुश्ना श्रेष्ठले कर आबेदन फाराम भर्ने बिधि बुँदागत रुपमा प्रस्तुत गर्नु भयो। सहभागिहरुले सरल तरिका बाट बुझ्न सकोस भन्ने उद्देश्यले प्रत्येकको उदाहरण दिनुको साथै ब्यबहारिक रुपमा बुझ्न सकोस भन्ने हेतुले काल्पनिक बके्स बनाएर सजिलो संग प्रस्तुति दिनुभयो। साथै उहाँले सहभागिहरुको ब्यक्ति बिशेषको समस्यालाई पनि सम्बोधन गरेर उत्तर दिनु भयो भने कार्यक्रमको अन्त्यमा सहभागिहरुद्वारा उठाइएका जिज्ञासाहरुको पनि उत्तर दिनु भयो। कार्यक्रमको अन्त्यमा गुठिका सचिब मधुर राजभण्डारीले सहभागि तथा श्रोत ब्यक्तिहरुलाई धन्यबाद ब्यक्त गर्नु भयो।
सो कार्यक्रममा सिकेका शीपहरु प्रयोग गरेर सहभागिहरुले फाराम भर्दा आएका समस्याहरु समाधान गर्ने उद्देश्यले गत मार्च १६ तारिखमा पुनः कार्यक्रम संचालन गरि सहभागि हरुका समस्यालाई सम्बोधन गरि समाधान गरिएको थियो।
कार्यक्रमको अन्तिम चरणमा मार्च २३ तारिखका दिन बिगतका बर्षहरुमा झै टोरोन्टोमा स्थलगत निशुल्क कर आबेदन फाराम शिबिर संचालन गरिएको थियो जसमा गैर नेपाली महानुभाबहरुले पनि सेवा प्राप्त गर्नु भएको थियो भने प्रशिक्षणका सहभागिहरुका समस्याहरुलाई पनि समाधान गरिएको थियो। सो कार्यक्रममा डा. कृष्ण कायस्थ , सुमन प्रधान, नबिन श्रेष्ठ, अणु श्रेष्ठ लगायतले सेवा प्रदान गरिएको थियो भने रोदेश शाक्यले सेवाग्राहिहरुको समस्या समाधानमा सहजिकरण गर्नु भएको थियो।
सो कर भर्ने सम्बन्धि प्रशिक्षण कार्यक्रम बृहत्तर टोरोन्टो क्षेत्रमा गुठिको अगुवाईमा नै पहिलो पटक संचालन गरेकोमा सहभागिहरुले गुठिप्रति आभार ब्यक्त गरेका थिए।
प्रतिक्रिया