२८ मार्च २०२५, लस भेगास ।
नेपाली मूलकी उद्यमी सिसम गुरूंगको उपचारको क्रममा २६ मार्चमा अमेरिकाको लस भेगासस्थित एक अस्पतालमा दुःखद निधन भएको छ । उनी सफल उद्यमि अनुभव गिरीकी श्रीमती हुन् ।
नेपालबाट विद्यार्थी भिसामा अमेरिका आएकी उनले पाककलामा शिक्षा ग्रहण गरेकी थिइन् । उनले केही समय आइटी क्षेत्रमा काम गरेपछि बिमा ब्यवसायमा अनुभव गिरीको साथमा अघि बढेकी थिइन् । उनी प्रिमियर फाइन्यान्सियल अलाइन्स कम्पनीको सिनियर डाइरेक्टर थिइन् । उनले धेरैको मन जितेकी थिइन् र धेरैलाई मायां बांड्न सक्ने उनको स्वभाव थियो ।
पाककलामा निपुण उनको रेष्टुंरा ब्यवसाय गर्ने सपना थियो । उनले बनाएका विभिन्न यूट्यूव भिडियो मध्य झोल मोमो रेसिपीको भिडियो यूट्यूवमा लोकप्रिय रहेको छ ।
उनको अन्तिम संस्कार लस भेगासस्थित डेभिस फ्यूनरल एण्ड मेमोरियल होममा आगामि मंगलवार हुने थाहा भएको छ ।
प्रतिक्रिया