सञ्चारगृहमा राजावादीहरूले गरेको आक्रमण निन्दनीय रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । उनले सञ्चारगृह र सञ्चारकर्मीलाई आफ्नो काम निर्वाध गर्नका लागि सुरक्षा व्यवस्था गर्ने पनि प्रतिबद्धता गरेका छन् ।
लेखकले शनिबार कान्तिपुर टिभीको कार्यालयमा पुगेर उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । राजावादीहरूले शुक्रबार तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा कान्तिपुरलगायतका सञ्चारगृहमा ढुंगामुढा गरेको थियो । अन्नपूर्ण पोस्टको कार्यालयमा आगजनीको प्रयास भएको थियो।
प्रतिक्रिया