ने.क.पा. (माओवादी केन्द्र)को प्रेस विज्ञप्ती

इनेप्लिज २०८१ चैत १५ गते १०:२६ मा प्रकाशित

चैत्र १५ गते बृहत् जनप्रदर्शन र जनसभामा सक्रिय र उत्साहपूर्ण सहभागिता जनाउनु भएकोमा सम्पूर्ण गणतन्त्रवादी जनसमुदायमा पार्टीको तर्फबाट हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छु । हिजोको जनसभाले बहुआयामिक सन्देश दिएको छ । तत्कालिक रुपमा सरकारप्रति खबरदारी र ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा उदण्ड जत्थालाई एकैसाथ मुखतोड जवाफ दिएको छ । दीर्घकालीन अर्थमा जनताको गणतन्त्र स्थापनाका लागि एउटा ऐतिहासिक कोसेढुङ्गाको काम गरेको छ ।

ज्ञानेन्द्र शाहको योजनामा उनका मतियारहरूले शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट थियो । हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक तथा सविन महर्जनको मृत्यु भएको छ । साथै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय एवं निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, सञ्चार गृह र औषधि कारखानामा आगो लगाउने, डिपार्टमेन्ट स्टोर भित्र पसेर सामानहरु लुट्ने जस्ता डकैतीजन्य, अमानवीय र अराजक कार्यको घोर भ्रत्सना एवं निन्दा गर्दछु ।
यस्ता हिंसात्मक एवं आपराधिक कार्य गर्न÷गराउन उक्साउने योजनाकार तथा प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जवाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ । यस प्रकारका सबै आपराधिक कार्यलाई कानुनको दायरामा ल्याई विधिको शासन कायम गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरिन्छ ।

मितिः २०८१ चैत्र १६ गते

(अग्नि प्रसाद सापकोटा)
उपाध्यक्ष÷प्रवक्ता
ने.क.पा. (माओवादी केन्द्र)

प्रतिक्रिया