अमेरिकाको टेक्सस राज्यको दक्षिणी क्षेत्रमा भीषण वर्षापछि आएको विनाशकारी बाढीले तीनजनाको ज्यान लिएको छ। हिडाल्गो काउन्टीका अधिकारीहरूले आपतकालीन अवस्था भन्दै आपतकाल घोषणा गरेका छन्। यस काउन्टीमा म्याकएलन श हरसमेत पर्दछ, जहाँ पछिल्लो २४ घण्टामा अत्यधिक वर्षा भएको छ।
अधिकारिहरूले मृतकबारे थप विवरण पछि दिने जनाएका छन्। यस क्षेत्रमा बुधवार राति सुरु भएको बाढीले शुक्रबार बिहानसम्म गम्भीर क्षति पुर्याएको छ।
बुधबार सुरु भएको भारी वर्षा र बिहीबार अपराह्न र रातभर परेको मूसलधारे पानीले बाढीको अवस्था झनै गम्भीर बनायो।
राष्ट्रिय मौषम सेवा (नेसनल वेदर सर्भिस )ले दक्षिण म्याकएलन र हार्लिन्जन क्षेत्रका लागि बिहीबार आपतकालीन चेतावनी जारी गर्दै यो अत्यन्तै खतरनाक अवस्था हो भन्दै अनावश्यक यात्रा नगर्न र प्रभावित क्षेत्र छोड्न सल्लाह दिएका थिए ।
यस क्षेत्रमा ६ देखि १२ इन्चसम्म वर्षा भएको र हार्लिन्जनस्थित भ्याली अन्तर्राष्ट्रिय विमानस्थलमा १४ इन्च भन्दा बढी पानी मापन गरिएको छ।
अन्तरराज्य २ राजमार्गमा पानीमा डुबेका सवारी साधनहरू फसेको सामाजिक संजालमा तस्बिरहरु देख्न सकिन्छन । पहिलो तलामा हल्का बाढी पसेको म्याकएलनको दक्षिण टेक्सस अस्पतालमा समेत उद्धारकर्मीहरू सक्रिय छन्।
गत शुक्रबार कयौं बिधालय तथा महाबिद्यालयहरूले कक्षा स्थगित गरे ।
एबिसीन्यूजका अनुसार हार्लिन्जनको अरोयो कोलोराडो नदीको पानीको स्तर ३० फिट नजिक पुगेको छ, जुन यसअघिको २४ फिटको किर्तिमानलाई तोड्दै थप विनाशकारी बन्न सक्ने देखिन्छ। क्षेत्रको नदी र बाढीको अवस्थाबारे थप सतर्कता अपनाउन अधिकारीहरूले आग्रह गरेका छन्।
प्रतिक्रिया