तालिबानद्वारा पक्राउ परेकी अमेरिकी महिला रिहा

इनेप्लिज २०८१ चैत १६ गते ०:१३ मा प्रकाशित

तालिबानद्वारा फेब्रुअरी देखि पक्राउ परेकी अमेरिकी नागरिक फे हल अन्ततः रिहा भएकी छन्। फक्स न्यूजका अनुसार हललाई बिहीबार तालिबानले रिहा गरेको थियो । उनलाई काबुलस्थित कतारी दूतावासमा स्वागत गरिएको थियो। स्वास्थ्य परीक्षणपछि उनको अवस्था सामान्य रहेको पुष्टि भएको छ।

रिहा भएकी महिलाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यबाद दिएकी छिन् । अन्य थुनामा परेका महिलाहरुले कारागारबाटै राष्ट्रपति डोनाल्ड ट्रम्पले रिहाको पहलमा प्रतिक्षारत रहेका छन् । उनिहरु ट्रम्प आएर छुटाई दिने अपेक्षामा रहेका फे हलले एक श्रब्यदृश्य(भिडियो)मा बताईन ।

टेलिग्राफको रिपोर्टअनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानका वरिष्ठ सदस्यहरूबाट घोषित लाखौँ डलरको इनाम हटाएपछि हलको रिहाइ सम्भव भएको हो।

ट्रम्पले तालिबान सरकारका गृहमन्त्री सिराजुद्दिन हक्कानी सहित हक्कानी संजालका तीन वरिष्ठ सदस्यहरू माथिको इनाम हटाउने निर्णय गरेका थिए। यसअघि अमेरिकाले सिराजुद्दिन हक्कानीलाई पक्राउ गर्न १० मिलियन डलरको इनाम तोकेको थियो।

हललाई फेब्रुअरी १ मा पक्राउ गरिएको थियो। सोही समयमा बेलायती नागरिक पीटर रेनोल्ड्स (७९) र उनकी पत्नी बार्बी (७५) पनि पक्राउ परेका थिए।

बेलायती दम्पतीले रिविल्ड नामक संस्थामार्फत अफगानिस्तानमा शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएका थिए। उनीहरूले आमा र बालबालिकाका लागि विशेष परियोजना सञ्चालन गरेका थिए ।

यसअघि ६५ वर्षीय अमेरिकी नागरिक जर्ज गलेजमान लाई दुई वर्षपछि तालिबानले रिहा गरेको थियो। त्यस्तै रायन कोरबेट र विलियम म्याकेण्टी नामक अमेरिकीहरूलाई यसै वर्ष बाइडेन प्रशासनद्वारा एक तालिबान सदस्यको साटोमा रिहा गरिएको थियो।

प्रतिक्रिया