राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट रिहा भएकी अमेरिकी नागरिकलाई स्वागत गरेका छन् ।
उनको पहल महिला अमेरिकी नागरिकको रिहा भएको हो ।
अफगानिस्तानमा फेब्रुअरी महिनामा तालिबानद्वारा गिरफ्तार गरिएकी अमेरिकी नागरिक फे हल रिहा भएकी छन्। यसबारे पूर्व अमेरिकी राजदूत जाल्मे खलीलजादले जानकारी दिएका हुन् ।
रिहाइपछि फे हलले एउटा श्रब्यदृश्य (भिडियो )सन्देशमा राष्ट्रपति ट्रम्पलाई धन्यबाद दिईन । उनले सन्देशमा भगवानले तपाईलाई आशीर्वाद दिनु भन्दै कामना गरिन । उनले आफूले दुई पटक ट्रम्पलाई मतदान गरेको कुरा पनि उल्लेख गरिन्। साथै उनले उक्त श्रब्यदृश्यमा त्यहा अझै महिलाहरु थुनिएका र उनीहरुले त्यहाँ आएर उनीहरुलाई छुटाउने अपेक्षा राखेको समेत बताइन ।
ट्रम्पले आफ्नो सामाजिक संजाल मचं (सोसल मिडिया प्लेटफर्म) ‘ट्रुथ सोसल’मा हलको भनाई प्रति आभार व्यक्त गरे।
प्रतिक्रिया