प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलहरूले अवरोध बैठक स्थगित

इनेप्लिज २०८१ चैत १६ गते १०:४३ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक१५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेवित्तिकै प्रमुख प्रतिपक्षी दलहरूले अवरोध जनाए। उनीहरूले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध जनाए।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको बर्खास्तीको विषयलाई लिएर विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै आएका छन्। प्रधानमन्त्रीको जवाफ नआएसम्म बैठक चल्न नदिने उनीहरूको अडान छ।

प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरूले पनि सदन सञ्चालनका लागि दबाब दिँदै आ-आफ्नो ठाउँबाट उठे। त्यसपछि सभामुख घिमिरेले सभा सञ्चालनका लागि वातावरण बनाउन पटक-पटक आग्रह गरे। दुवै पक्षले आफ्नो अडानबाट नहटेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरे पनि पुन बैठक बेसेको छैन ।

बेद प्रसाद घिमिरे

प्रतिक्रिया