चौथो अन्तरराष्ट्रिय झापाली सम्मेलनमा सहभागी हुन् निमन्त्रणा

इनेप्लिज २०८१ चैत १६ गते १४:३७ मा प्रकाशित

चौथो अन्तरराष्ट्रिय झापाली सम्मेलनमा सबैलाई निमन्त्रणाको आह्वान गरिएको छ । सुरु देखि नै झापाली समाज अमेरिकाकी महासचिव तथा सम्मेलन संयोजक सीता पाण्डेले दुई दिन सम्म चल्ने कार्यक्रम बारे बिज्ञप्ति मार्फत जानकारी गराएकी छिन् । संयोजकको हैसियतले सबैलाई आमन्त्रण गरेकी छिन् ।

अहोरात्र खटिई सम्मेलनलाई सफल बनाउन संयोजक पाण्डेले सहयोग र साथ दिनु हुने सबैलाई धन्यबाद दिएकी छिन् । उनले जारी गरेको बिज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :

झापाली समाज अमेरिकाका आदरणीय संरक्षकहरू, सल्लाहकारहरू ,आजीवन सदस्यहरू तथा एकमुस्ट ( झापाको शैक्षिक कार्यक्रममा छात्रबृत्ति प्रदान गर्नु हुने ) चन्दादाताहरू ,

अन्तराष्ट्रिय झापाली समाजको आह्वान र झापाली समाज अमेरिकाको आयोजनामा वासिङ्टन डि. सी. मा आगामी अप्रिल ११ र १२ तारिख, २०२५ मा चौथो अन्तरराष्ट्रिय झापाली सम्मेलनमा हुने कुरा तपाईहरूलाई अवगत नै छ ।

कार्यक्रमामा भाग लिनका लागि अमेरिका लगायत अष्ट्रेलिया, बेल्जियम, जापान, कतार, नेपाल आदि विश्वका बिभिन्न देशबाट झापाली ब्यक्तित्वहरु सम्मिलित भइ, झापा र नेपालमा शिक्षा, संस्कृति र पर्यटन क्षेत्रमा लगानी का सम्भावना को अध्ययन गरी स्थानीय रोजगारी प्रबर्द्धन गर्ने बारे पनि छलफल हुनेछ । उक्त सम्मेलनमा तपाईहरू सबैलाई अतिथि वा अतिथि बक्ता वा बैठकको सहभागीका रूपमा भाग लिन हार्दिक अनुरोध गर्दछौ

यो सम्मेलन दुई दिन सम्म छुट्टा – छुट्टै स्थानमा हुनेछ :

बिशेष गरी यस ऐतिहासिक सम्मेलनका अवसरमा, पहिलो दिनको सत्रमा, संरक्षकज्यूहरू तथा सल्लाहकार ज्यूहरूलाई झापाली समाज, अमेरिका “को भाबी कार्यक्रम तथा योजनालाई सहयोग, सुझाब र मार्ग दर्शन गर्नका लागि संभब भएसम्म संयुक्त रूपमा वा छुट्टा – छुट्टै बैठक बस्न / छलफल गर्न हुन हार्दिक अनुरोध गर्दछौ ।

यसै गरी एकमुस्ट चन्दा प्रदान गर्नु हुने ( झापाको शैक्षिक छात्रबृत्ति कार्यक्रममा) दाताहरूलाई आफूले गरेको सहयोगको बारे बैठक बसेर छलफल गर्न, जानकारी लिन हुन पनि अनुरोथ गर्दछु ।

छलफलको क्रममा पावर प्वाइन्ट, प्रोजेक्टर आदि आवश्यक पर्ने भए अग्रीम जानकारी दिन हुन तीन वटै समितिलाई अनुरोथ गर्दछु ।

सम्मेलनका अवसरमा, बिशिष्ट अतिथी मार्फत तपाईहरूलाई प्रमाण – पत्र बितरण गरिने कार्यक्रम रहेको छ । कार्यक्रम लाई ब्यवस्थित बनाउन र सम्मेलनलाई सफल बनाउन यहाँहरूको पनि दायित्व भएको कुरा स्मरण गराउदै सहयोगको अपेक्षा राखेका छौ ।

पहिलो दिन झापालीहरूको लागि मात्र :

मिति: अप्रिल ११, २०२५ ( शुक्रबार )
समय २: ०० देखि ५:०० बजे
Venue : Clarian Hotel & Conference Center
Address : 1500 E Market St. Leesburg Pike VA 20176

दोस्रो दिन

मिति : अप्रिल १२, २०२५ ( शनिबार )
समय : बिहान १० : ०० – ८ :३० बजे सांझ सम्म
Venue : Double Tree by Hilton McLean Tyson
Address : 1960 Chain Bridge Rd, McLean VA 22102 USA

आकर्षण कार्यक्रम : झापाली तारा सम्मान ( १० जना लाई सम्मानित गर्ने ) कार्यक्रम सहित बिबिध बिषयमा, बिभिन्न चरणमा कार्यक्रमहरू हुने छन् । पहिलो दिनको सांझ रिसेप्सन र दोस्रो दिन लन्च र सांस्कृतिक कार्यक्रमको पनि ब्यवस्था गरिएको छ ।

सुबिधाका लागि नाम पहिल्यै रजिष्ट्रेसन हुनु जरूरी छ ;

थप जानकारी तथा सहयोगका लागि ;

सीता पाण्डे – सम्मेलन संयोजक / महा सचिब – झापाली समाज, अमेरिका
मोहन ओली / डा. कुमार मैनाली / तोया पौडेल – ब्यवस्थापन समिती समिति
कबिन्द्र सिटौला / गौरा रिसाल – प्रमुख यातायात ब्यवस्थापन समिति
प्रसन्न संग्रौला / रोशन बिमली /आशिष सग्रौला – आर्थिक समिति
भूमा खरेल पौडेल / कल्पना पाण्डे / दीपा ओली – उद्घाटन समारोह समिति
यमुना भट्टराई/ प्रसन्न संग्रौला – अतिथी स्वागत तथा समन्वय समिति
मोहन उप्रेती / सीता पाण्डे / मुकुन्द ढुंगाना – झापाली तारा सम्मान समन्वय समिति
नबिन पोख्रेल ( Qatar ) – अन्तरराष्ट्रिय समन्वय समिति
मुकुन्द ढुंगाना / – अध्यक्ष – अन्तरराष्ट्रिय झापाली समाज

आयोजक : झापाली समाज, अमेरिका तथा अन्तरराष्ट्रिय झापाली समाज

प्रतिक्रिया