भर्जिनियाको एक विशाल बजारमा किशोरीको जामा लगाएको तस्बिर खिच्ने यौन अपराधी पक्राउ

इनेप्लिज २०८१ चैत १६ गते १८:४० मा प्रकाशित

भर्जिनियाको एक विशाल बजारमा किशोरीको जामा लगाएको तस्बिर खिच्ने यौन अपराधीलाई पक्राउ गरिएको छ । भर्जिनिया राज्यको लिञ्चबर्ग निवासी एक सजाय भोगिसकेको यौन अपराधी १८ वर्षीया युवतीको जामा (स्कर्ट) खिचेको आरोपमा पक्राउ परेका छन्।

प्राप्त पक्राउ पूर्जी अनुसार, ५१ वर्षीय ग्लेन जेभियर व्हार्टनलाई मार्च १९ मा रिभर रिज मल अर्थात् विशाल बजारमा महिलाहरूको सहमति बिना अनुचित तस्वीर लिँदै गरेको देखिएको थियो।

“पीडित युवती र अन्य चारजना प्रत्यक्षदर्शीले बिशाल बजार (मल)भित्र व्हार्टनलाई ‘अपस्कर्ट’ अर्थात् जामा माथि गर्दै तस्बिर खिच्दै गरेको देखेका थिए,” पक्राउ पूर्जीमा उल्लेख गरिएको छ। एक प्रत्यक्षदर्शी १८ वर्षीया युवतीले उनलाई भित्रै टीजे म्याक्स स्टोर(पसल)मा अर्को महिलाको तस्वीर खिच्दै गरेको पनि देखिन्।

जब उनलाई तस्बिर खिच्ने विषयमा वादविवाद भयो उनले १८ वर्षीया युवतीलाई अपशब्द बोल्दै आक्रामक व्यवहार देखाए। उनी चर्को स्वरमा गालीगलौज गर्दै गाडी चलाएर त्यहाँबाट भागे।

पीडित युवतीका बुबाले उनलाई पछ्याउने क्रममा उनले अर्को गाडीलाई ठक्कर दिएको जनाइएको छ। उनले रातो बत्ती पार गर्दै केही यातायात नियम उल्लङ्घन गरेका थिए। प्रहरीले चार दिनपछि व्हार्टन पक्राउ परे। उनीमाथि अनुचित तस्वीर खिच्ने, आक्रमण गर्ने र लापरवाह गाडी हाक्ने जस्ता गम्भीर अभियोग लगाइएको छ।

व्हार्टन सन् २००२ देखि यौन अपराधीको सूचीमा छन्। अदालतले उनलाई समुदायका लागि खतरा र भाग्ने जोखिमयुक्त मानेर धरौटी अस्वीकार गरेको एबिसी७ न्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया