विस्कन्सिनका महान्यायाधिवक्ताद्वारा मस्कविरुद्ध मुद्दा, सर्वोच्च अदालत चुनावमा मतदाता भुक्तानी योजना विवाद

इनेप्लिज २०८१ चैत १६ गते १९:५१ मा प्रकाशित

विस्कन्सिनका महान्यायाधिवक्ता जोश कलले बिश्व कै धनाढ्य व्यक्ति तथा उद्यमी इलोन मस्कविरुद्ध कानुनी कारबाही थालेका छन्। मस्कले विस्कन्सिनका राज्यको सर्वोच्च अदालतको चुनावमा “सक्रिय न्यायाधीशहरू” विरुद्धको याचिकामा हस्ताक्षर गर्ने दुई मतदातालाई प्रति व्यक्ति १ मिलियन दिने योजना सार्वजनिक गरेका थिए।

डेमोक्र्याट कलले गत शुक्रबार मस्कविरुद्ध मुद्दा दायर गर्दै भने, “विस्कन्सिनको कानुनअनुसार यो कार्य अवैध छ भन्ने हाम्रो बुझाई छ। यसलाई रोक्न अदालतबाट आदेश माग्छौं।”

टेस्लाका प्रमुख कार्यकारी अधिकारी (सीईओ )मस्कले सुरूमा मतदान गरिसकेका व्यक्तिहरूलाई धन्यवादस्वरूप नगद पुरस्कार दिने बताएका थिए, जुन संघीय कानुनअनुसार अवैध हुनसक्छ। पछि उनले प्रकाशित टिप्पणी मेटाउँदै यो रकम केवल याचिकाका “प्रवक्ताहरू” लाई दिइने स्पष्ट गरे।

यो विवादित चुनावमा उदारपन्थी उम्मेदवार सुजन क्रफोर्ड र रूढ़िवादी ब्राड शिमेल प्रतिस्पर्धामा छन्। हालसम्म ८१ मिलियनभन्दा बढी खर्च भइसकेको यो अमेरिकी इतिहासकै सबैभन्दा महँगो न्यायिक चुनाव बनेको छ।

मस्क यस चुनावमा संलग्न भएपछि विवाद बढेको हो। टेस्लाले विस्कन्सिनमा कार निर्माता प्रतिष्ठानहरूले सिधै उपभोक्तालाई गाडी बेच्न नपाउने कानुनविरुद्ध मुद्दा हालेको थियो, जुन अन्ततः राज्यको सर्वोच्च अदालतमा पुग्न सक्ने एमएसएनबिसीले जनाएको छ ।

प्रतिक्रिया