आज देशको जुन संकटमय बाताबरण निर्माण भएको छ त्यसको मूल कारण हाम्रो समाजले निर्माण गर्न नसकेको राजनैतिक चरित्र नैतिकता बिबेक र जिम्मेवारीको बोधको खडेरी नै हो। अब पहिले प्रत्यकले आफै भित्र राजनैतिक चेतनाको स्तर वृद्धि आन्दोलन गर्ने हो कि ?
हामी बहस तन्त्रको बारेमा गरि रहेका छौ कि व्यक्तिको बारेमा रनभुल्लको अवस्था छ।नेपालमा राजतन्त्र बिरोधी आन्दोलन नया र नौलो होइन। देशी बिदेशीहरुले २००७ सालको कथित प्रजातन्त्रको स्थापना भए देखि नै हो। बिभिन्न आन्दोलन प्रकरण हुँदै २०६३ बाट नेपालको मौलिक पहिचानको संबैधानिक राजसस्था पनि विस्थापन गरेको १८ बर्ष पछी पुनर्बहालीको आन्दोलनको एउटा पछिल्लो घटना हो चैत्र १५ गते देखि सुरु भएको छ। तत् पश्चात अहिले देश राजसस्था र गणतन्त्र पक्षधर बीच बिबाद बहस फेरी चलेको छ जति ६२/६३ मा पनि चलेको थिएन। तर पछिल्लो विवाद र बहस बैचारिक सैदान्तिक भन्दा तल्लो स्तरमा झरेर व्यक्तिगत लान्छना र खोट को दायरामा अल्झिएको छ।
राजनैतिक बाद वा पद्दतिको स्थायित्व किन भएन नेपालमा यो ७ दशकमा ? अनि ३ दशकमा अनि २ दशकमा ? को कहाँ चुक्यो ? राजनैतिक बिषयमा राजतन्त्रात्मक मुलुक गणतन्त्रात्मक मुलुक हरुको गुण अबगुण हरुको खुलेर इमान्दारीपुर्बक समिक्षा गरौ। २००७ /४७ अनि ६३ पछी को? कहाँ किन कसरि चुक्यो वा असफल भयो बौद्धिक बहस गरौ समिक्षा गरौ। कसले किन कहाँ गल्ति गर्यो त्यसको आत्मसमीक्षा गरौ गल्ति स्विकारौ र सहमति र सम्झौता गरि सह यात्रा गरौ। निषेध र असहिष्णुतापूर्ण नुनास्तरको राजनैतिक व्यवहार बन्द गरौ।
तिनकुनेको घटना पश्चात नेपाल तन्त्र र पद्धति लाइ नै लज्जित बदनाम गर्ने गरि राजनैतिक चेत भन्दा टाढा बसेर कुण्ठा इर्श्या अपमान निषेध र असहिष्णुता देखाई रहेका छौ। जुनहामी लाइ बिस्वकै सबै भन्दा न्यूनस्तरको बिबेक भएका नागरिकमा सुचित गरेकोमा थप प्रमाण जुटाई दिएका छौ।
नेपालको राजनीतिको बहसको क्रममा कम्तिमा हामीले बुझ्नु र बुझाउनु पर्ने कुरो के भने राजसस्था भनेको राजा ज्ञानेन्द्र युबराज पारस वा अमुक अनुहार होइन त्यस्तै गणतन्त्र भनेको प्रचण्ड ओली माधब बाबुराम वा शेबदे वा कुनै अमुक अनुहार मात्र होइन। बिस्वमा बिध्यमान बिभिन्न राजनैतिक सिदान्त अन्तरगतकै पद्धतिनै हो । राजसस्था व्यक्ति होइन प्रतिष्ठान(पद्धति ) हो भने गणतन्त्र पनि सैदान्तिक रुपमा अर्को सुन्दर बाद वा पद्धति नै हो।
सम्बन्धित देशको भूगोल नागरिकको शैक्षिक आर्थिक स्तर चेतनाको स्तर सामाजिक मनोविज्ञान वा प्रवृति अनि नेतृत्वको कारण कुनै अमुक पद्धतिहरु स्थापित र बिस्थापित हुने क्रम भएका बिस्व इतिहास साक्षी छ। हाम्रो समाज बिस्वको अन्य समाज धेरै फरक छ हाम्रो प्रवृति (ATTITUDE ) अन्य समाज भन्दा फरक छ। हामी नेपालीको मनोविज्ञान न त् अमेरिका बेलायत जापान अस्ट्रेलिया जस्तो विधिको निरंकुशता स्थापित गर्न योग्य र सक्षम छ न त् चीन कोरिया मलेसिया सिंगापुर जस्ता देशको नेतृत्व (व्यक्तिको )निरंकुशता स्वीकार गर्न सक्छ।हामी यी दुवै प्रवृति भन्दा फरक छौ। मेची महाकाली एउटा पारिवारिक संजालमा जेलिएको नेपालमा “बर्ग” संघर्ष होइन “बर्ग समन्वयन” सिदान्त सफल हुन्छ। हाम्रो मनोविज्ञान विधिको भन्दा भावनाको राज्य संयन्त्र खोज्ने छ। त्यसैले हाम्रो देशको लागि नियन्त्रित र निर्देशित लोकतन्त्र मात्र सम्भव हुन्छ। गणतन्त्र असफल हुनुको एउटा प्रमुख कारण हाम्रो न्यूनस्तरको चेतनाको (बिबेक )हुनुनै हो हामीले भनि रहेको लोकतन्त्र वा गणतन्त्र को मर्म र अर्थ अर्थात स्वतन्त्रतता र अधिकारको अर्थ र मर्म अर्कोको स्वतन्त्रता र अधिकारको रक्षा गर्ने दायित्व बोध पनि हो कति प्रतिशत हामी अर्कोको अधिकार र स्वतन्त्रताको रक्षाको चेतको ब्यबहारिक रुपमा कार्यन्वयन गर्न गराउन सक्षम छौ ? के नेपाली समाज आज बिना सुरक्षाकर्मी आम निर्वाचन गराउने योग्य भएको छ ? के नेपाली समाज आज बिना सहायक सार्बजनिक यातायातको तोकिएको पैसा तिर्नु पर्ने चेतना बोधको छ ?लोकतन्त्र वा गणतन्त्रको भनेको धार्मिक आस्था सास्कृतिक सामाजिक मौलिकतामा बिचलन नागरिक बेच बिखन पलायन अराजकता भ्रष्टाचार र दण्डहीनताको पराकाष्ठा अस्थिरता बेथिति र विसंगतिको पहाड हो ? किन आज नेपाल स्वाधीन अस्तित्व समाप्तिको मार्गमा हिंडेको छ ?
यी र यस्ता गहन कुरो लाइ बेवास्ता गर्दै हामि सैदान्तिक बहस दायित्व बोध कमजोरी लाइ नियाल्न छोडेर बौद्धिकस्तरको राजनैतिक समिक्षा गर्न छोडेर कुनै पद्धति वा तन्त्रको गुण अबगुण र परिमार्जनको बहसको बदला व्यक्ति व्यक्ति लाइ नंग्याउने दुर्नियतपूर्ण प्रयास गर्दैछौ। हामि सबै लाइ थाहा छ हामि जन्मजात नाङ्गो हौ जस्तो रंगको पहिरनले ढाके पनि कसको भित्र के छ भनि राख्नु परेंन वा कसैको नया पहिरन वा उसको भित्रि बास्ताबिकता लाइ लुकाउन त् सकिदैन त्यस्तै हो राजनैतिक बहस पनि मूल प्रशं हो किन को कहाँ चुक्यौ ? आत्मसमीक्षा इमान्दारीपुर्बक गरौ तन्त्र वा पद्धतिको नाममा हामीले अमानविय असभ्य र अनैतिक दोषारोपण गर्नु पर्छ। बिस्वमा प्रतिपादित कुनै पनि सिदान्त आफैमा खराब हुँदैन त्यसको असल पक्ष लाइ सफलतापुर्बक कार्यान्वयन गर्न असल नेतृत्व र बिबेकसिल मतदाता चाहिन्छ हाम्रो समाजमा यो दुवै पक्षको खडेरी छ।
त्यसैले हाम्रो भूगोल हाम्रो समाजको चेतनाको स्तर सामाजिक उत्तरदायित्वको बोध धार्मिक सास्कृतिक सामाजिक मौलिकता आर्थिक औकात स्रोत र साधन लाइ समेत गहन बहस छलफल गरि कसरि समाज लाइ एकताबद्ध पर्न सकिन्छ कसरि जन अपेक्षा पुरा गर्न र स्वाधीन नेपालको अस्तित्वको रक्षा र आत्मनिर्भर बन्न सकिन्छ त्यस तर्फ ध्यान दिनु पर्छ। कुनै अमुक बाद वा तन्त्रको नाममा अहिलेको जस्तो न्यूनस्तरको कटाक्ष व्यवहार गरेर हामि एक अर्का प्रति असहिष्णु र गैर्ह जिम्मेवारी प्रस्तुत भैरहने हो भने निश्चित छ हामी कसैको पनि अस्तित्व रहने छैन। आर्थिक रुपमा टाट पल्टी सकेको छ अब राजनैतिक रुपमा पनि असफल भयो भने हामि सबैले पछुताउनु पर्ने छ। भर्खर राष्ट्रिय परिचय पत्र बाट नेपालीको पहिचान टोपी सिन्दुर पोते उडेको छ हामि यसरि नै व्यक्तिगत चरित्र हत्या गरेर बहसमा रही रह्यौ र राष्ट्रको हितमा सोच्न र सकेनौ भने ८९ को निर्वाचन पश्चात नेपालको झण्डा उड्ने निश्चित छ। देश लाइ शिरमा राखेर सहमति र राष्ट्रिय मेलमिलापको सोच लाइ प्राथमिकतामा राखी सभ्य शालीन बहस /बार्ता मार्फत समाधान खोजौ।
Shekhar Dhungel (शेखर ढुंगेल)
सृष्टि कर्ता ले मानिस लाइ दया करुणा सेवा र संबेदनसिल प्राणि वा आफ्नो प्रतिनिधि को रुपमा बनाएको हुन् .तसर्थ जहाँ आबस्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिना तर्क बितर्क , बिना आफ्नो पराइ को परिचय बिना फाइदा बेफाइदा को हिसाब ,बिना सुबिधा असुबिधा को बहाना दया भाब देखाई हाल्नु पर्छ सहयोग को हात बढाई हाल्नु पर्छ जहाँ आबस्यकता हुन्छ त्यहाँ आफै लाइ उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक बिबेकसिल आदर्श नागरिक को उदाहरण हुनु हो ।
http://katunjedhungel.blogspot.com
शेखर ढुंगेल पत्रकार/लेखक हुनुहुन्छ
प्रतिक्रिया