इलन मस्कको १० लाख डलर वितरण रोक्ने प्रयास अदालतमा असफल, मस्कद्वारा १ मिलियन डलर हस्तान्तरण

इनेप्लिज २०८१ चैत १७ गते १०:२७ मा प्रकाशित

अमेरिकाको विस्कन्सिन सर्वोच्च अदालतले आइतबार इलन मस्क र अमेरिका पीएसीद्वारा १ मिलियन डलरको चेक(धनादेश) वितरण रोक्न गरिएको प्रयास अस्वीकार गर्यो । सोही रात मस्क ग्रीन बेमा आयोजित नगर सभा (टाउन )हल कार्यक्रममा सहभागी भएर दुई जनालाई १ मिलियन डलरको चेक हस्तान्तरण गरे।

उनले उपस्थित भीडलाई रुढीवादी (कन्भरभेटिभ )उम्मेदवार ब्राड शिमेललाई समर्थन गर्न आग्रह गर्दै आगामी मङ्गलबारको चुनावलाई “प्रतिनिधि सभाको नियन्त्रणको लागि महत्त्वपूर्ण मतदान” भएको बताए।

एक धनादेश (चेक) प्राप्त गर्ने मध्ये निकोलस ज्याकब्स विस्कन्सिन महाबिद्यालय (कलेज) रिपब्लिकनका अध्यक्ष हुन्। अदालतको आदेश कार्यक्रम सुरु हुनु केही मिनेटअघि मात्र आएको थियो।

यसअघि, विस्कन्सिन महान्यायाधिवक्ता जोश कलले आइतबारको धनादेश वितरण रोक्न आपतकालीन अनुरोध गरेका थिए, जसलाई शनिवार एक अपील अदालतले अस्वीकार गरेको थियो ।

मस्कका वकिलहरूले न्यायाधीशहरू रिबेका फ्र्याङ्क डालेट र जिल जे. कारोफ्स्कीलाई मुद्दाबाट अलग हुन अनुरोध गरेका थिए तर अदालतले यो निवेदन पनि अस्वीकार गर्‍यो।

मस्कले आफ्नो पीएसीद्वारा “ब्लक क्याप्टेन” कार्यक्रमको घोषणा गर्दै प्रत्येक उम्मेदवार शिमेलको तस्वीर प्रकाशित गरेबापत सहभागीहरूलाई २० डलर दिने बताए। अहिलेसम्म मस्कसँग जोडिएका दुई राजनीतिक समूहले शिमेलको समर्थनमा लगभग २० मिलियन खर्च गरिसकेका छन्।

यो विस्कन्सिन सर्वोच्च अदालतको चुनाव अमेरिकी इतिहासकै सबैभन्दा महँगो राज्य सर्वोच्च अदालतको चुनाव बनेको छ।

प्रतिक्रिया