ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय बिधार्थीहरूविरुद्ध व्यापक रुपमा कारबाही सुरु गरि सकेको छ भने अहिले ३०० भन्दा बढी विद्यार्थीहरुका प्रवेशाज्ञा(भिसा) रद्ध गरेको सिबिएसन्यूजले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालैका हप्ताहरूमा टफ्ट्स, कोलम्बिया र अन्य विश्वविद्यालयका प्यालेस्टाइन गतिविधिमा संलग्न विदेशी विद्यार्थीहरूको प्रवेशाज्ञा(भिसा) तथा स्थायी आवासीय पत्र( ग्रीन )कार्ड रद्ध गर्न थालेपछि यो विषय अमेरिकी संविधानको पहिलो संशोधनअन्तर्गतको अभिव्यक्ति स्वतन्त्रताको गम्भीर मुद्दा बनेको छ।
बिद्यार्थीहरूको गिरफ्तारी र प्रवेशाज्ञा(भिसा) रद्ध :
अमेरिकी विदेशसचिवमार्को रुबियोले आप्रवासन र राष्ट्रियता ऐनको धारा प्रयोग गर्दै ३०० भन्दा बढी विद्यार्थी प्रवेशाज्ञा(भिसा)रद्द गरेको खुलासा गरे। प्रशासनले ती विद्यार्थीहरूलाई “हमास समर्थक गतिविधिहरू” मा संलग्न भएको आरोप लगाएको छ।
कोलम्बिया विश्वविद्यालयका स्नातक विद्यार्थी महमुद खलिल, जो एक प्रवेशाज्ञाधारी (भिसा)हुन्, र टफ्ट्स विश्वविद्यालयकी रमेसा ओजटर्क जस्ता विद्यार्थीहरूलाई अमेरिकाबाट निर्वासन गर्ने प्रक्रिया अघि बढाइएको छ। ओजटर्कलाई मास्क लगाएका आइसिइका गुप्तचरहरूले गिरफ्तार गरेका थिए।
कानुनी लडाइँ र सम्भावित असर :
कानूनी विज्ञहरूका अनुसार, अमेरिकी अदालतले पहिलो संशोधनअन्तर्गत विदेशी विद्यार्थीहरूको अभिव्यक्ति स्वतन्त्रताको हकलाई कसरी व्याख्या गर्ने भन्ने महत्वपूर्ण प्रश्न उठेको छ। प्रवेशाज्ञा(भिसा) रद्द गर्नु सरकारले पूर्ण अधिकार भएको विषय भए पनि यसले नागरिक स्वतन्त्रतामा गम्भीर प्रभाव पार्न सक्छ।
सरकारको रणनीति र प्रतिक्रियाहरू :
ट्रम्प प्रशासनले प्रवेशाज्ञा (भिसा )रद्ध गर्ने नीति पहिलेभन्दा कडा रूपमा लागू गरिरहेको छ। आप्रवासन कानुन विशेषज्ञ जोनाथन ग्रोडे भन्छन्, “नियम परिवर्तन गरिएको छैन, तर प्रशासनले नियमहरूको व्याख्या गर्दै कडा नियन्त्रण गर्न थालेको छ।”
विशेषज्ञहरूका अनुसार यदि यी मुद्दाहरू अदालतसम्म पुगे भने नतिजा आउन वर्षौ बर्ष समय लाग्न सक्छ। ट्रम्प प्रशासनको यो नीति अमेरिकी विश्वविद्यालयहरूको स्वतन्त्र वातावरण र आप्रवासन प्रणालीमा गहिरो असर पार्ने सम्भावना छ।
प्रतिक्रिया