सामाजिक संजाल टिकटकमा आइसिइ गुप्तचरमाथि आक्रमणको आह्वान गरे पछि अमेरिकी अधिकारीहरूले कडा कारबाहीको चेतावनी दिएका छन् ।
एक टिकटक प्रयोगकर्ताले हालै एउटा विवादास्पद श्रब्यदृश्य (भिडियो)प्रकाशित गर्दै अमेरिकी आप्रवासन तथा सीमा सुरक्षा (आइसिइ ) एजेन्ट(गुप्तचर)हरूलाई देख्नासाथ गोली हान्न उक्साएका छन्।
बेलाल डोंक नामक प्रयोगकर्ताले प्रकाशित गरेको श्रब्यदृश्य (भिडियो)मा भनिएको थियो, “यदि आइसिइ गुप्तचरहरू तपाई वा तपाईका प्रियजनलाई लैजान खोज्छन् भने, तिनीहरूलाई गोली हान्नुहोस्।”
उक्त प्रयोगकर्ताले आइसिइ गुप्तचरहरू मुखावरण (मास्क )लगाएर, बिना बिल्ला (ब्याज) र पहिचान नभएका गाडीहरूमा आउँदा तिनीहरू जोसुकै हुन सक्ने भन्दै सुरक्षा खतरा रहेको दाबी गरेका छन्।
अमेरिकी सरकारको प्रतिक्रिया :
अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले सामाजिक संजाल एक्समा प्रतिक्रिया दिँदै भनेकी छिन्, “यदि कसैले सुरक्षा अधिकारीमाथि आक्रमणको धम्की दिन्छ भने हामी तिनीहरूलाई कानुनी कारबाहीको कठघरामा ल्याउनेछौं।”
सामाजिक सञ्जालमा हिंसा भड्काउने सामग्री :
टिकटक प्रयोगकर्ताले श्रब्यदृश्य (भिडियो )हटाए पनि, राष्ट्रिय सीमा गस्ती परिषदका उपाध्यक्ष हेक्टर गार्जाले यस्तो सन्देशले हिंसा भड्काउन सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मंचहरूलाई हिंस्रक सामग्री तुरुन्त हटाउन आह्वान गरिएको छ।
प्रतिक्रिया