सभामुख घिमिरेले रबिलाइ भने सांसद पद निलम्बन फुकुवा गर्न मैले सक्दिन

बेद प्रसाद घिमिरे २०८१ चैत १८ गते १०:०२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछनेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् । आज (मंगलबार) बिहान लामिछाने सहित रास्वपाका नेताहरुले सभामुख घिमिरेलाई आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् ।

लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै उनको सांसद पद निलम्बन गरिएको थियो । अहिले उनी विभिन्न जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । काठमाडौं जिल्ला अदालत, कास्की जिल्ला अदालत, रूपन्देही जिल्ला अदालत, चितवन जिल्ला अदालतमा उनको सहकारी ठगी प्रकरणको मुद्दा विचाराधीन छ । पक्राउ परेसँगै उनी पार्टीको जिम्मेवारीबाट बाहिरिएका थिए । अचानक हिजो उनी पार्टीको जिम्मेवारीमा फर्किइसकेका छन् ।

सभामुख घिमिरे र लामिछानेबीच आज लामो संवाद भएको थियो । सभामुख घिमिरेल नियमावलीअनुसार तत्काल निलम्बन फुकुवा गर्न नसकिने जवाफ दिएको बताइएको छ।

प्रतिक्रिया