ट्रम्पको मजाक : ट्रम्पले २०२८ मा ओबामाविरुद्ध चुनाव लड्न ‘रुचाउने’ बताए

इनेप्लिज २०८१ चैत १८ गते ११:०७ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२८ को राष्ट्रपति चुनावमा पूर्व राष्ट्रपति बाराक ओबामाविरुद्ध प्रतिस्पर्धा गर्न मन पर्ने बताएका छन् । यद्यपि अमेरिकी संविधानले दुई कार्यकालभन्दा बढी राष्ट्रपतिको रूपमा सेवा गर्न प्रतिबन्ध लगाउँछ।

“मलाई यो निकै मनपर्ने थियो – यो निकै राम्रो प्रतिस्पर्धा हुने थियो,” ट्रम्पले सोमबार भने।

ट्रम्पले अघिल्लो समय पनि तेस्रो कार्यकालको सम्भावनाबारे टिप्पणी गर्दै आएका छन्। आइतबार एनबिसी न्यूजकी क्रिस्टेन वेल्करसँगको अन्तर्वार्तामा उनले भने, “म ठट्टा गरिरहेको छैन।”

उनले थपे, “मानिसहरूले मलाई तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न आग्रह गरिरहेका छन्। यसबारे धेरै चर्चा भइरहेको छ। मलाई थाहा छैन, मैले कहिल्यै यसको अध्ययन गरेको छैन। केही व्यक्तिहरू भन्छन् कि यसको कुनै उपाय हुन सक्छ, तर मलाई थाहा छैन। मैले अझै यसमा ध्यान दिएको छैन।”

प्रतिक्रिया