फ्लोरिडाका दुबै विशेष निर्वाचनमा रिपब्लिकनको जीत ,ट्रम्प हर्षित

इनेप्लिज २०८१ चैत १९ गते २:१९ मा प्रकाशित

फ्लोरिडामा भएको दुई विशेष निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरूले विजयी भएका छन् ।

एसोसिएटेड प्रेसका अनुसार, फ्लोरिडाको छैठौ औं कंग्रेसनल जिल्लाबाट राज्यको लागि सिनेटर रान्डी फाइन विजयी भएका छन् । त्यस्तै क्षेत्र न १ जिल्लाबाट जिमी पेट्रोनिसको जीत भएको छ। यी निर्वाचनहरू पूर्व रिपब्लिकन सांसद माइक वाल्ट्ज र म्याट गेट्जले पद त्यागेपछि भएका थिए।

वाल्ट्ज र गेट्ज दुबैले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा सहभागी हुन राजीनामा दिएका थिए। तर, गेट्जको न्यायमन्त्री पदको मनोनयनलाई सिनेटबाट पर्याप्त समर्थन नपाएपछि उनले आफ्नो नाम फिर्ता लिएका थिए।

निर्वाचनअघि रिपब्लिकनहरूले अमेरिकी प्रतिनिधि सभामा २१८ सिटको सानो बहुमत राखेका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्प दंग परेका छन् ।

६ औं जिल्लामा फाइनले ५४% भोट प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी जोश वेलले ४५% पाएका छन् । यो क्षेत्रमा वाल्ट्जले २०२४ मा ३० अङ्कको फराकिलो अन्तरले जितेका थिए।

यस्तै, प्रथम जिल्लामा पेट्रोनिसले ५७% मत ल्याए भने डेमोक्र्याट उम्मेदवार गे भालिमन्टले ४२% पाएका छन्। गेट्जले २०२४ मा यो क्षेत्रमा ३२ अङ्कको अग्रता लिएका थिए।

प्रतिक्रिया