लण्डनमा १० महिलाको बलात्कारमा दोषी ठहरिएका चिनियाँ विद्यार्थी अझै दर्जनौँ थप महिलामाथि आक्रमण गरेको प्रहरीको दाबी 

इनेप्लिज २०८१ चैत १९ गते १८:४१ मा प्रकाशित
Screenshot

लण्डनमा १० महिलाको बलात्कारमा दोषी ठहरिएका चिनियाँ विद्यार्थी अझै दर्जनौँ थप महिलामाथि आक्रमण गरेको प्रहरीले  दाबी गरेको छ ।

लन्डन प्रहरीका अनुसार बुधबार २३ महिलाहरूले आफूमाथि यौन दुर्व्यवहार भएको दाबी गर्दै अगाडि आएका छन्। 

उनीहरूले लन्डनमा रहेका चिनियाँ विधा वारिधि (पीएचडी )विद्यार्थी झेनहाओ जोबाट आक्रमण भएको आशंका गरेका छन्। २८ वर्षीय जोलाई मार्चमा बेलायत र चीनमा १० महिलालाई औषधि खुवाएर बलात्कार गरेको आरोपमा दोषी ठहराइएको थियो।

अनुसन्धानअनुसार, जोले मुख्य रूपमा बेलायतमा अध्ययनरत चिनियाँ विद्यार्थीहरूलाई निमन्त्रणा दिई बुटानेडियोल मिश्रित पेय पदार्थ खुवाउँथे, जुन शरीरमा प्रवेश गरेपछि जिएचवि नामक नशालु पदार्थमा परिणत हुन्थ्यो। उनले महिलाहरूलाई अचेत बनाएर यौन शोषण गरेको श्रव्यदृश्य( भिडियो) खिच्ने गरेका थिए।

प्रहरीले ती श्रव्यदृश्यबाट १० पीडितमध्ये दुईजनाको मात्र पहिचान गर्न सकेका थिए। थप प्रमाणहरू सार्वजनिक भएपछि अन्य २३ महिलाहरूले पनि प्रहरीलाई सम्पर्क गरेका छन्।

लन्डन महानगर प्रहरीले जोले ५० भन्दा बढी महिलाहरूलाई निशाना बनाएको हुनसक्ने बताएको छ। प्रहरी प्रमुथ केभिन साउथवर्थले भने, “जो सम्भवत: इतिहासकै कुख्यात अपराधीमध्ये एक हुनसक्छन्।” अनुसन्धान जारी रहेको र सम्भावित पीडितहरूको पहिचान गरि रहेको बताए ।

प्रतिक्रिया