क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको पारस्परिक शुल्कले “अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई मौलिक रूपमा परिवर्तन गर्ने” बताएका छन्।
क्यानडा—मेक्सिको जस्तै—आज घोषणा गरिएका पारस्परिक शुल्कबाट मुक्त रहेको छ। तर, युएसएमसीए स्वतन्त्र व्यापार सम्झौतामा नपर्ने सामानहरूमा लागू हुने पहिल्यै घोषणा गरिएको २५% शुल्क भने यथावत् रहनेछ।
ट्रम्पको घोषणापछि, कर्नीले अमेरिकासँगको व्यापार सम्बन्धका केही महत्वपूर्ण पक्ष सुरक्षित राखिएको बताएका छन्। तर, उनले फेन्टानिल, इस्पात, एल्युमिनियम, र निर्माण गाडीमा लागु शुल्कहटाइने सम्भावना नरहेको स्पष्ट गरे।
राष्ट्रपति ट्रम्पले मेक्सिको, चीन र क्यानाडा -अमेरिकाका तीन ठूला व्यापार साझेदारहरू माथिको शुल्कलाई गैरकानुनी आप्रवासन र फेन्टानिल नियन्त्रणमा उनीहरूले पर्याप्त कदम नचालेको आरोपसँग जोडेका छन्।
कर्नीले अमेरिकाले ओखती निर्माण गर्ने प्रतिष्ठान (फार्मास्युटिकल), काठ तथा बिधुतिय उपकरणहरूमा थप शुल्क लगाउने विचार गरिरहेको विषयमा पनि ध्यानाकर्षण गराएका छन्।
“यी कदमहरूले लाखौं क्यानाडालीहरूलाई प्रत्यक्ष असर पार्नेछ,” कर्नीले भने। “हामी यी शुल्कहरूको विरुद्ध नयाँ उपायहरू सहित लड्नेछौं।”
प्रतिक्रिया