२६२ औ नेपाली सेना दिवसको अवसरमा वाशिंगटन डिसीस्थित नेपाली राजदुतावासले आज साँझ एक स्वागत समारोहका साथ आयोजना गर्यो ।
कार्यक्रममा दक्षिण तथा दक्षिणपूर्वी एसियाका लागि उपसहायक रक्षामन्त्री डा.Dr Andrew Byers को उपस्थिति रहेको थियो।
सयुंक्त राज्य अमेरिकाका लागि नेपाली राजदुत महामहिम श्री लोकदर्शन रेग्मी र बिभिन्न २५ भन्दा बढी देशका Defense and Military Attaches र नेपाली डायस्पोराका सदस्यहरु सहित बिभिन्न क्षेत्रका १३० भन्दा बढी अथितिहरुको उपस्थिति रहेको कार्यक्रममा राजदुत रेग्मीले आफ्नो सम्बोधनमा नेपालको रास्ट्रिय हितको संरक्षण र सम्बर्धनमा नेपाली सेनाको भूमीकाबारे प्रकाश पार्नु भएको थियो।उनले नेपाली सेनालाई निरन्तर साथ र सहयोग गरेकोमा अमेरिकी सेनाआभार ब्यक्त समेत गर्नु भएको थियो।
कार्यक्रमका प्रमुख अथिति Dr. Andrew Byers ले नेपाली सेना र अमेरिकी सेना बीचको लामो समय देखिको सम्बन्ध प्रसंशा गरे।
त्यस अघि स्वागत मन्तब्य ब्यक्त गर्दै रक्षा तथा सैनिक सहचारी महासेनानी पूर्णप्रसाद ढकालले नेपाली सेनाको उल्लेखनीय इतिहासबारे प्रकाश पार्नुभएको थियो। उनले संकटको घडीमा नेपालको सुरक्षामा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्याएकोमा समेत जोड दिनुभएको थियो।
प्रतिक्रिया